ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्जाब प्लेअफ दौडबाट बाहिरियो


एबीसी / संवाददाता
जेष्ठ ६, २०८० शनिबार  ८ : ४० बजे

काठमाडौँ, ६ जेठ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२३ को प्लेअफ दौडबाट आफ्नो आशा जीवित राखेको छ भने पञ्जाब किंग्स दौडबाट बाहिरिएको छ । राजस्थान रोयल्सले चालु सिजनको ६६औँ खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

यो जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । लिगका सबै खेल खेलेपछि उनको खातामा १४ अंक छ भने पञ्जाबले १२ अंक मात्र जोड्न सकेको छ । यस्तो अवस्थामा पञ्जाब प्लेअफको दौडबाट बाहिरिएको छ । प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बईको हार र बैंगलोरको ठुलो हारको लागि प्रार्थना गर्नुपर्ने छ ।

हिमाञ्चल प्रदेशस्थित धर्मशाला मैदानमा राजस्थानले टर जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । सुरूवाती ब्याटर नचले पनि मध्यक्रमका खेलाडीले पारी उकासेका थिए । साम करनले ४९ बनाउँदा जितेन शर्माले ४४ तथा साहरूख खानले ४१ रन जोडे ।

राजस्थानका नवदीप सैनीले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले एक–एक विकेट हात पारे ।

जबाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १८८ रनको लक्ष्य पूरा गर्‍यो । ओपनर यजश्वी जैसवाल र देवदत्त पाडिक्कलले अर्धशतकीय पारी खेले । जैसवाले ३६ बलमा ५० रन बनाए । पाडिक्कलले ३० बलमा ५१ रन जोडे । यस्तै सिम्रन हिटमेयरले ४६ रनको इनिङ खेले ।

पञ्जाबका कगिसो रबडाले २ विकेट लिए भने साम करन, अर्शदीप सिंह र नाथन एलिसले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com