ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एसको आम्दानी ७ करोड, छद्‌म नामबाट १ करोड चन्दा दिने दाता को हुन् ? प्रतिवेदन


एबीसी न्यूज
जेष्ठ ४, २०८० बिहीबार  ५ : ३८ बजे

काठमाडौं, ४ जेठ ।  माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले २५ हजारभन्दा बढी चन्दा दिने दाताको नाम र रकम आफ्नो लेखापरीक्षण प्रतिवेदनमा समावेश गरेको छ । तर, वास्तविक नाम नराखी छद्‌म नामबाट दाताको नाम उल्लेख गरेको पाइएको छ ।

नेकपा एसले आर्थिक वर्ष २०७८/०७९ को निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा तनहुँका के श्रेष्ठले १ करोड, नेपालगन्जका एस बुढाले ५० लाख, ललितपुरका केजी महर्जनले ५० लाख र काठमाडौंका एबी तामाङले २८ लाख चन्दा दिएको उल्लेख छ ।

प्राविधिक जटिलताका कारण नाम पूरा उल्लेख नगरिएको बताउँछन् उपमहासचिव गंगालाल तुलाधर । ‘चन्दादाताहरू पार्टीकै शुभेच्छुकहरू हुनुनुहन्छ । तपाईंहरूले पनि अनुमान लगाउन सक्नुहुन्छ,’ उनले भने ।

नेकपा एसले प्रवासी नेपाली एकता मञ्चबाट ६२ लाख ६३ हजार ३४७ रुपैयाँ र पेसागत संगठनहरूबाट ६७ लाख ५२ हजार ५०० रुपैयाँ चन्दा लिएको छ । कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूले भने चन्दाबाट संलन भएको रकम एकमुष्ट देखाए पनि कोबाट कति लिएको हो, उल्लेख गरेका छैनन् । तर नेकपा एसले चन्दा दिनेको छद्‌म नाम राखेको छ ।

७ करोड आम्दानी, ६ करोड खर्च

नेकपा एसले ७ करोड १५ लाख ९० हजार ३ सय ७७ रुपैयाँ आम्दानी गरेको छ । निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा नेकपा एसले खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रुपैयाँ गरेको छ । खुद नाफा १ करोड १० लाख ६० हजार ८ सय ४८ रुपैयाँ गरेको छ ।

नेकपा एसको आम्दानीको स्रोत चन्दा, लेबी र प्रकाशन बिक्री रहेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट १ करोड ७८ लाख ३५ हजार ८२५ रुपैयाँ संकलन गरेको छ । चन्दा तथा सहयोगमा व्यक्तिगतबाट ३ करोड ९५ लाख ६२ हजार ५०० र संस्थाबाट १ करोड ३० लाख १५ हजार ८४७ रुपैयाँ संकलन गरेको छ ।

एकीकृत समाजवादीले सबैभन्दा धेरै खर्च चुनावमा गरेको छ । प्रतिवेदनमा चुनावमा २ करोड ९९ लाख ४४ हजार २६६ रुपैयाँ खर्च गरेको छ । प्रशिक्षणमा २८ लाख १५ हजार ६५७ रुपैयाँ कार्यालय सञ्चालनमा ९६ लाख ८५ हजार १०१ रुपैयाँ, प्रकाशनमा ४८ लाख ५० हजार २९५ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । पार्टीको प्रचारप्रसारमा ४० लाख खर्च गरेको छ ।

जग्गाजमिन र भवन छैन

सबैभन्दा धनी पार्टी एमालेबाट छुट्टिएर बनेको नेकपा एसले जग्गा जमिन जोडेको छैन । आयव्यय विवरणमा घरबहालमा २५ लाख ५० हजार खर्च गरेको जनाएको छ । ‘जग्गा जमिन जोडेको छैन । केपी ओलीलाई छोडेर आएका छौँ,’ उपमहासचिव तुलाधरले भने ।

विद्रोह गरेर आउने समयमा एमालेको खातामा २४ करोड पैसा रहेको र जग्गाजमिनमा आफूहरूको पनि दाबी लाग्ने उनी बताउँछन् । ‘कानुनी रूपमा अदालत जानुपर्ने हुन्छ । देशैभर रहेको सम्पत्तिमा हाम्रो पनि हक आउँछ । तर, अदालत जानेभन्दा पनि एमालेको ठूलो सदस्यलाई हाम्रोमा ल्याएर सदस्यहरूको शक्ति र आडमा जग्गाजमिन र भवन जोड्छौँ,’ उनले भने, ‘जिरोबाट उठ्ने कसम खाएर इच्छाशक्ति लिएका छौँ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com