ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पक्राउ पर्दा रक्सीले झुमिरहेका थिए टोपबहादुर


एबीसी न्यूज
जेष्ठ १, २०८० सोमबार  १० : २१ बजे

काठमाडौं, १ जेठ

 

बुढानीलकण्ठस्थित अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा लुकेर बसेका रायमाझीलाई नेपाल प्रहरीको विशेष ब्यूरोले आइतबार बेलुका पक्राउ गर्‍यो।

११ दिनदेखि फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर प्रहरीले पक्राउ गर्दा रक्सी खाएर झुम्मिएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिए।

विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै स्वास्थ्य जाँचका लागि कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो।

परीक्षणपछि रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिएका छन्। तर प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बतताएको छ।

यसअघि फरार रहँदा उनले संसद्‌लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए।

स्वास्थ्य जाँचपछि रायमाझीलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो। उनलाई त्यहाँको हिरासतमा राखिएको छ। शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपिहरुलाई छुट्टा छुट्टै हिरासतमा राखिएको छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखिएको छ।

नक्कली रशणार्थीका नाममा ठगी गरेको आरोपमा अहिलेसम्म १३ जना पक्राउ परेका छन्। टोपबहादुरका छोरा सन्दीप वैशाख २० गते नै पक्राउ परेका थिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com