ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बुस्टर डोज’ लगाउने न्यून


एबीसी / संवाददाता
जेष्ठ १, २०८० सोमबार  ६ : ४३ बजे

महेन्द्रनगर, १ जेठ । कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार २५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो”, उनले भने, “अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ ।” उनले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार ७५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । कोरोनाविरुद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा चार लाख ४५ हजार ४२ जनाले त्यसविरुद्धको खोप लगाइसकेका छन् ।

त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार ६६७ जनाले खोपको तेस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । “भारतबाट आउनेको गड्डाचौकी नाकामा स्वास्थ्य जाँच भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगन छ”, खोप प्रमुख कुँवरले भने, “केन्द्रबाट नियमित खोप नआउनु र छिट्टै म्याद गुज्रिने खालका खोप आएकाले नियमित लगाउन नाकामा नसकिएको हो ।”

उनले कोरोनाको पहिलो र दोस्रो लहरका बेला गड्डाचौकी नाकामै हेल्थ डेस्क सञ्चालन गरेर कोरोना जाँच र खोप अभियान चलाइएको जानकारी दिए । यहाँ खोप अभियानका क्रममा गत चैतमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, स्वास्थ्यकर्मी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com