ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घाँटीको नसा च्यापिएर हुने प्यारालाइसिसका निदान र लक्षण


एबीसी न्यूज

 

 

 

काठमान्डौ बैशाख २९

सर्भाइकल स्पाइन अर्थात् घाँटी सातवटा मेरुदण्डका हड्डीहरू मिलेर बनेको हुन्छ । जसको अगाडिको भागमा कुरकुरे हड्डी हुन्छ । त्यसले कुसनको काम गर्छ भने पछाडि फसेट जोइन्ट हुन्छ, जसले हड्डीहरूलाई एकआपसमा जोड्ने काम गर्छ । यिनै हड्डीहरूको बीचमा रहेको खाली भाग मा स्पाइनल कर्ड हुन्छ । स्पाइनल कर्ड ब्रेनबाट निस्कने सम्पूर्ण नसाहरूको हाइ(वे हो । छोएको थाहा पाउने र शरीरका विभिन्न अंगहरू चलाउने, साथै दिसापिसाब कन्ट्रोल गर्ने, नसाहरू यही स्पाइनल कर्डहुँदै ब्रेनसम्म पुग्छन् । कुनै कारणवश घाँटीमा स्पाइनल क्यानल साघुँरो भई स्पाइनल कर्ड च्यापिँदा नसाहरूले काम गर्न सक्दैनन्, यस्तो अवस्थालाई माइलोप्याथी भनिन्छ ।

स्पाइनल क्यानल साँघुरो हुँदा स्पाइनल कर्ड च्यापिनुका साथै रक्त सञ्चारको प्रवाहमा कमी हुन जान्छ । जसले गर्दा नसाहरू बिस्तारै सुक्न थाल्छन् । एकपटक काम नगर्ने अवस्थामा पुगेपछि स्पाइनल कर्डका नसाहरू पुनः पलाउन सक्दैनन् । त्यसैले माइलोप्याथी शरीरको अरु भागको नसा च्यापिने अवस्थाभन्दा फरक र जटिल स्थिति हो। यस्तो अवस्थामा समयमै उपचार भएन भने दीर्घकालीन रूपमा प्यारालाइसिस हुन सक्छ ।
यसका लक्षणहरू कस्ता हुन्छन् रु

यस अवस्थामा घाँटी र घाँटीभन्दा तलका अंगहरूसँग सम्बन्धित दुई प्रकारक़ा लक्षणहरू देखा पर्छन् ।

घाँटीसँग सम्बन्धित लक्षणहरूस्

घाँटी दुख्ने
घाँटी दह्रो हुने
घाँटी दायाँबायाँ तलमाथि चलाउँदा अप्ठ्यारो हुने
घाँटीको दुखाइ करेन्ट लागेको जस्तो गरी तल्लो ढाडतिर सर्दै जाने
अन्य लक्षणहरू

हातपाखुरा लाटो हुने
सिस्नोले पोलेजस्तो गरी औँलाहरूका टुप्पामा पोल्ने र झमझम हुने
हात र पाखुरा लुलो भएर जाने
सानासाना वस्तुहरू जस्तैस कलम, सियो, पैसा ह्यान्डल गर्न नसक्ने
हातको अययचमष्लबतष्यल ह्रास हुँदै जानुक़ा साथै हात लाटो र मोटो भयको अनुभूति हुने
हिँड्दा ब्यालेन्स नहुने रक्सी खाएर हिँडेको जस्तो वा नरम वस्तुमाथि हिँडेको जस्तो हुने
पिसाब रोकिने वा आफैँ चुहिने
निदान कसरी गर्ने

सम्बन्धित विशेषज्ञ चिकित्सकले बिरामीको लक्षणका आधारमा जाँच गरी माइलोप्याथी भए नभएको छुट्याउन सकिन्छ । नसा च्यापिने विभिन्न कारणहरू हुन्छन् । जसलाई एक्स–रे, सीटी स्क्यान, एमआरआई गरेर पत्ता लगाइन्छ । यो समस्या, प्रायस्जसो ५० वर्षभन्दा बढी उमेरका बिरामीहरूमा देखिन्छ ।

 

माइलोप्याथी शरीरको अरु भागको नसा च्यापिने अवस्थाभन्दा फरक र जटिल स्थिति हो । यस्तो अवस्थामा समयमै उपचार भएन भने दीर्घकालीन रूपमा प्यारालाइसिस हुन सक्छ ।
उमेर बढ्दै जाँदा हड्डीहरू खिइन थाल्छन् । साथै, स्पाइनल क्यानल साँघुरो हुँदै जान्छ, जसले गर्दा स्पाइनल कर्डमा प्रेसर बढ्दै जान्छ । त्यस्तै, कुरकुरे हड्डी चिप्लिएर वा नयाँ पलाएको कुरकुरे हड्डीले स्पाइनल कर्डलाई कम्प्रेसन गरी माइलोप्याथी हुन सक्छ ।

घाँटीको बाथरोग, इन्फेक्सन वा ट्युमर सर्भाइकल माइलोप्याथीका अन्य कारणहरू हुन् । सर्भाइकल माइलोप्याथी एमआरआईबाट पत्ता लगाइन्छ । जसमा नसा च्यापिएको देखिनुका साथै स्पाइनल कर्डमा सेतो दाग देखिन्छ ।

उपचार पद्धति

बिरामीलाई क्लिनिकल्ली जाँच गरेर र घाँटीको एमआरआईको रिपोर्टका आधारमा माइलोप्याथीक़ा बिरामीलाई सामान्य ९mष्मि०, जोखिमपूर्ण ९mयमभचबतभ० र अति जोखिमपूर्ण ९कभखभचभ०गरी तीनवटा क्याटगोरीमा छुट्याइन्छ । mष्मि mथभयिउबतजथ को उपचार ननसर्जिकल प्रक्रिया जस्तैस फिजियो थेरापि, सर्भाइकल कलरबाट गर्न सकिन्छ ।

माइलोप्याथी स्पाइनल कर्ड च्यापिएर हुने हुँदा यस ग्रुपका बिरामीलाई हरेक ३(३ महिनामा क्लिनिकल्ली जाँच गरिरहनुपर्छ । र, आवश्यकताअनुसार पुनः एमआरआई जाँच गराउनुपर्छ । mथभयिउबतजथ बढेको अवस्थामा सर्जरी गरी स्पाइनल कर्ड बस्ने भाग स्पाइनल क्यानललाई मभअयmउचभकक अर्थात् खुकुलो बनाइदिनुपर्छ, जसले गर्दा स्पाइनल कर्डमा रक्त सञ्चारको प्रवाह पुनर्स्थापना भई नसाले काम गर्ने मौका पाउँछ ।

सर्जरी घाँटीको अगाडि वा पछाडि दुवैतिरबाट गर्न सकिन्छ । बिरामीको उमेर, रोगको अवस्था, स्पाइनल कर्डको कुन भागमा बढी च्यापिएको छ, आदि कुराका आधारमा बिरामीसँग खुला रूपमा छलफल गरी कस्तो किसिमको सर्जरी गर्ने भनेर निर्णय लिनुपर्छ ।

कस्ता लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ

घाँटी दुख्ने, हातका औँलाहरू झमझम गर्ने तथा हातले सानासाना वस्तुहरू जस्तैस कलम, सियो, चम्चा, पन्यु, डाडु ह्यान्डल गर्न गाह्रो भएमा र हिँड्दा अलि ब्यालेन्स नभएको जस्तो लागेमा तुरुन्त सम्बन्धित विशेषज्ञसँग गई चेक गराइहाल्नुपर्छ । माइलोप्याथी नसाहरू निस्किने प्रमुख भाग स्पाइनल कर्ड च्यापिएर हुने हुँदा समयमै सही उपचार गर्दा प्यारालाइसिस हुने सम्भावनाबाट जोगिन सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com