ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीले रोकिएको नेपाल र यूएईको बाँकी खेल आज, २७.४ ओभरबाट सुरु हुने


एबीसी न्यूज
बैशाख १९, २०८० मंगलबार  ८ : ३० बजे

काठमाडौं, १९ बैशाख । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो ।

दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।

आज त्यहीबाट खेल पुनस् सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएई नेपाली बलरको उत्कृष्ट बलिङपछि लगातार विकेट गुमाएको थियो ।

यूएईले खेल रोकिनुअघि २७।३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए । ललित पनि ह्याट्रिक विकेट नजिक छन् । यदि उनले मंगलबार पहिलो बलमै विकेट लिए ओडीआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बन्नेछन्।

मंगलबार पनि वर्षाको सम्भावना रहेकोले यदि नियमित खेलमा नतिजा नआएमा सुपर ओभर विकल्पमा रहनेछ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ । यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसीको वरियताका आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com