ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रविधिमा किसानको आकर्षण बढ्दो


एबीसी न्यूज
बैशाख ४, २०८० सोमबार  २ : २६ बजे

काठमाडौं,४ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्न उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । उहाँको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आउनुभएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्नुहुन्छ ।

“अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्न प्रविधिको प्रयोग बढेसँगै काम गर्न धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो । प्रविधिको प्रयोगले आफूलाई मात्र नभए धेरै कृषकलाई सहज भएको चौधरीको भनाइ थियो ।

कुरेरुवा कृषक समूहमा आबद्ध उहाँले कृषि ज्ञान केन्द्रको अनुदानमा कृषियन्त्र खरिद गर्नुभएको हो । यहाँका किसानसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्न हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन् । “धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न उपकरणको प्रयोग गर्छौं”, उहाँले भन्नुभयो, “कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।”

शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थाल्नुभएको छ । “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश किसानले कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उहाँले भन्नुभयो, “यसले समयको बचत गर्नुका साथै उत्पादन पनि बढेको छ ।”

जनशक्ति, लागत र समय कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोगले यहाँका किसान कृषि पेसामा आत्मनिर्भर हुन थालेका छन् ।

“पहिले परम्परागत तरिकाले खेती गर्दा जनशक्ति र लागत बढी लाग्ने र उत्पादन कम हुन्थ्यो । अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्न थालेपछि कम लागतमा बढी उत्पादन हुने गरेको छ”, अनिलाले भन्नुभयो । गाउँमा काम गर्ने उमेरका युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तथा शिक्षाका लागि सहर पस्ने गरेकाले कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन थालेको उहाँको भनाइ थियो ।

भएका जनशक्तिको दैनिकी ज्याला पनि महङ्गो हुन थालेको अवस्थामा कृषि यान्त्रीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको किसान चेतराज चौधरीले बताउनुभयो । “विगतको जस्तो काम गर्ने जनशक्ति गाउँमा छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज बनाएको छ । पहिला खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक/दुई सातामै सकिन्छ”, उहाँले भन्नुभयो ।

जिल्लामा कृषि क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो । “कृषि कर्ममा प्रयोग हुने नयाँ नयाँ यन्त्र तथा उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ”, उहाँले भन्नुभयो, “किसानले व्यक्तिगत रूपमा किनेर वा अनुदानमा प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गरेका छन् ।”

उहाँका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँका किसानले कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com