ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा पुस्तकालय स्थापना


एबीसी न्यूज
बैशाख ४, २०८० सोमबार  १ : ५६ बजे

काठमाडौं,४ बैशाख । स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका–३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एक कोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराएर विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त वडाका वडाध्यक्ष रामचन्द्र अधिकारीले पुस्तकालय उद्घाटन गर्दै यसको संरक्षण र थप व्यवस्थापनका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले वडामा भौतिक तथा मानव विकासको आवश्यता रहेको र सोहीअनुरुप काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले आफूहरुले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आइरहेको उल्लेख गर्दै पुस्तकालय स्थापना गर्नु पनि सामाजिक क्षेत्रमा उदाहरणीय कार्य भएको बताउनुभयो ।

विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले महानगरपालिकाभित्र रहेर पनि यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्थामा पुस्तकालय स्थापना गरिएकामा आभार व्यक्त गर्नुभयो ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापना कालदेखिनै यस संस्थाले पोखरा महोत्सव आयोजना गरी सामाजिक, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो । उहाँले युवा जोश र उत्साहका साथ क्लबले विभिन्न क्षेत्रको समस्या पहिचान गरी सहयोग पनि गर्दै आएको जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष राजु श्रेष्ठले सामाजिक क्षेत्रमा क्रियाशील क्लबले एकदर्जन बढी सामुदायिक विद्यालयमा अक्षयकोष, छात्रवृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामग्री वितरणजस्ता कार्यक्रम गर्दै आइरहेको जानाकारी दिनुभयो । उहाँले यस विद्यालयको पुस्तकालयका लागि आवश्यक फर्निचर र विभिन्न उपयोगी पुस्तक गरेर करिब रु एक लाख बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com