ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन प्रवर्द्धनका लागि पदयात्रा


एबीसी न्यूज

काठमाडौं, ३ बैशाख । यहाँको दुई पर्यटकीय गन्तव्य जोड्नका लािग पदयात्रा गरिएको छ । धौलागिरि चक्रिय पदमार्गका रुपमा नयाँ गन्तव्य बनाउने उद्देश्यले नयाँ वर्षमा पदयात्रा आयोजना गरिएको पर्यटन अभियान्ता खिमानन्द कँडेलले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको विकास र प्रचार–प्रसारका लागि पर्यटन अभियान्ता, सरोकारवाला निकाय तथा स्थानीयवासीको सक्रियतामा गाजादह, हलहले, घोडाँबाधे, सिलकोट हुँदै बेलढुङ्गासम्म पदयात्रा गरिएको हो । “पर्यटन विकासका लागि प्रचारप्रसार र पूर्वाधार ठूलो कुरा हो, अहिले प्रचारप्रसारका कारण बेलढुङ्गामा पर्यटक बढेका छन्, तर एक स्थानमा आएका पर्यटकलाई अर्को स्थानमा लैजान सकिएको छैन”, कँडेलले भन्नुभयो “गाजा दहलाई बेलढुङ्गासम्म जोड्ने र घोडाँबाधेलाई ‘ग्लोबल कल्चर भ्याली’का रुपमा विकास गर्नका लागि पदयात्रा गरिएको हो ।” पदयात्रासँगै घोडाबाधे, बेलढुङ्गालगायतको स्थानमा पर्यटकीयस्थलको विकासका लागि गर्न सकिने नवीन कामका विषयमा अन्तरक्रिया समेत गरिएको छ । पदयात्रामा स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा पर्यटन अभियान्ता सहभागी हुनुहुन्थ्यो । गलकोट नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको आयोजनामा पदयात्राको गरिएको हो । पदयात्राकै क्रममा पदयात्रीसहितको समूहले पर्यटन अभियान्ता कृष्ण केसीको संयोजनमा घोडाबाधेमा एक सय ९८ देशको राष्ट्रिय झण्डा फहराएका थिए । कृष्ण केसीले गाजादह, घोडाबाँधे, बेलढुङ्गा हुँदै पञ्चकोटलाई धौलागिरि चक्रिय पदमार्गको रुपमा विकास गर्नका लागि निरन्तर प्रवद्र्धनात्मक काम गरिरहेको बताउनुभयो । गलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल गाजाको दह समद्री सतहदेखि दुई हजार चार सय ८० मिटर उचाइमा रहेको छ भने काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा समद्री सतहदेखि दुई हजार ६०० मिटरको उचाइमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com