ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा


एबीसी न्यूज
चैत्र २९, २०७९ बुधबार  २ : १६ बजे

काठमाडौं, २९ चैत । कारोबारमा मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने सम्भावना रहेको छ । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बताउनुभयो ।

एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोेतिर लगानी गर्ने वातावरणसमेत नभएको हुँदा व्यवसायी दिनप्रतिदिन मर्कामा पर्न थालेको उहाँले बताउनुभयो । नेपालगञ्जमा साना, मझौला र ठूला गरेर सात सय होटेल छन् । त्यसमध्ये पाँच सय व्यवसायीले मात्र नवीकरण गरेका छन् ।

नेपालगञ्जका एक होटेल व्यवसायी विस्थापित भएको उहाँले बताउनुभयो । “उहाँ नेपालगञ्जको ठूलो होटेल व्यवसायीमध्येको एक हुनुहुन्थ्यो, कोभिडपछि बिस्तारै उहाँको व्यापार घट्दै गयो, होटेल चल्न छाडेपछि आम्दानी हुने कुरै भएन, आम्दानी नभएकै कारण उहाँले भाडा तिर्न नसकेर अहिले विस्थापित नै हुनुपर्‍यो”, अध्यक्ष खड्काले भन्नुभयो ।

विगत २५ वर्षदेखि होटेल व्यवसायीका रुपमा चिनिँदै आउनुभएका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा ह्रास आएको बताउनुभयो । “मैलै विगत २५ वर्षदेखि यही व्यवसाय गर्दै आएको छु, यो २५ वर्षमा जुन गिरावट अहिले भएको छ, त्यो योभन्दा पहिला कहिल्यै भएको थिएन, अहिले मैले मासिक होटेल भाडा ६६ हजार तिर्ने गरेको छु, मेरो आम्दानी दिनप्रतिदिन घट्दै गइरहेको बेला कसरी भाडा तिर्ने रु”, उहाँले भन्नुभयो ।

अध्यक्ष खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइ दिने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले आर्थिक मन्दी चलिरहेकै समयमा घरधनीले पनि घर भाडा बढाउनुको साटो भाडा घटाइ दिए व्यवसायीलाई धेरै राहत हुने पनि बताउनुभयो ।

नेपालगञ्जका मुख्य बजार क्षेत्रमा दिनप्रतिदिन सटर खाली हुन थालेका छन् । कोभिड–१९ को मारमा परेका व्यापारी गत फागुनदेखि यता झनै मारमा पर्न थालेका हुन् । गोदाम र पसलमा लाखौँका सामान मौज्दात छन् तर कारोबार ठप्प हुँदै गइरहेकाले आफूहरु मारमा परेको व्यापारी बताउँछन् ।

व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेन्ट बिक्री गर्न खोज्दा पनि किन्ने मान्छे भेट्न नसकिएको गुनासो गर्दै होटेल व्यवसायी रामु सेन्चुरी भन्नुहुन्छ, “दुई वर्षदेखि होटल बेच्नका लागि ग्राहक खोज्दा पनि पाइएको छैन, अहिलेको समयमा पसल किन्ने ग्राहक भेट्टाउनु पनि गाह«ो छ ।”

यसै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न नसकेको बताउनुभयो । कोभिड–१९ र त्यसपछि उब्जिएको आर्थिक सङ्कटले नेपालगञ्जको अर्थतन्त्र धराशयी बनाएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो ।

“लगानी नगरिरहेको बैंकले चर्को ब्याजदरसहित ऋण तिर्न ताकेता गरिरहन्छन्, यो कुराले हामी व्यापारी निकै नै मर्कामा परेका छौँ, व्यापार घट्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापितसमेत भइसकेका छन्”, उहाँले भन्नुभयो ।

सङ्घका महासचिव चिरञ्जीवी ओलीले सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत पुग्न नसकेको बताउनुभयो । उहाँले व्यापारी मर्कामा पर्नाका कारण केवल बैंकको ब्याज तिर्न नसकेर मात्र नभइ सरकारले पूँजीगत खर्चलाई द्रुत गतिमा अघि बढाउन नसकेको बताउनुभयो । नेपालगञ्जमा २० प्रतिशत भाडाका सटर बन्द भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com