ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु


एबीसी न्यूज
चैत्र २२, २०७९ बुधबार  ३ : १८ बजे

काठमाडौं, २२ चैत । हेटाँडा उपमहानगरपालिकासहित मकवानपुरको १० स्थानीय तहका पशुहरुमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु भएको छ ।

सङ्घीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधि सहयोगमा १० वटै स्थानीय तहका पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप लगाउने कार्य सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रमुख डा व्रजकिशोर ठाकुरले खोप लगाउन ८४ जना भ्याक्सिनेटर नियुक्त गरी सम्बन्धित स्थानीय तहमा पठाइएको जानकारी दिनुभयो ।

स्थानीय पालिकाको मागअनुसार खोप वितरण गरिएको बताउँदै उहाँले दुर्गममा रहेको राक्सिराङ् गाउँपालिकाबाहेक नौवटा स्थानीय तहमा खोपसहित प्रविधिक पुगिसकेको र खोप लगाउने अभियान सुरु भएको बताउनुभयो ।

हेटाँैडा उपमहानगरपालिकामा रोग सङ्क्रमण भएका तथा लक्षण देखिएका पशुका लागि १० हजार पाँच सय, वकैया गाउँपालिकाका लागि पाँच हजार, बागमती गाउँपालिकाका लागि तीन हजार खोप पठाइएको बताइएको छ ।

त्यसैगरी, कैलाश गाउँपालिकाका लागि एक हजार, थाहा नगरपालिकाका लागि पाँच हजार, मनहरि गाउँपालिका लागि सात हजार पाँच सय, भीमफेदी गाउँपालिका लागि तीन हजार, इन्द्रसरोवर गाउँपालिकाका लागि एक हजार पाँच सय, मकवानपुरगढी गाउँपालिकाका लागि आठ हजार पाँच सय खोप नि:शुल्क रुपमा लगाउने कार्य सुरु भएको सो कार्यालयले जनाएको छ । तर राक्सिराङ् गाउँपालिकाका लागि एक हजार खोप पठाउनका लागि छुट्याए पनि हाल पठाउन नसकिएको र पछि पठाउने प्रमुख डा ठाकुरले भन्नुभयो । खासगरी गर्मीे मौसममा खोरेत रोग पशुमा लाग्ने गर्दछ । यस रोगबाट पशुको खुटा र मुखमा तथा छालामा घाउ हुने, फोका हुने, खान, बस्न र हिडँ्डुल गर्न समस्या हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : संयोजक शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com