ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुभ गृहको ब्रान्ड एम्बासडर बने सञ्चारकर्मी सुरज सिंह ठकुरी


एबीसी न्यूज
फाल्गुन १३, २०७९ शनिबार  ८ : ३१ बजे

काठमाडौं, १३ फागुन । शुभ गृह ईन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरज सिंह ठकुरीलाई ब्राण्ड एम्ब्यासेडर बनाएको छ ।राजधानीमा एक कार्यक्रमको आयोजना गरी चर्चित सञ्चारकर्मी ठकुरीलाई ब्राण्ड एम्बेष्डर बनाइएको घोाषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुरज सिंह ठकुरीले भने, “शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासंग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन ।”

उनले यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित रहेको र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर रहेकोले बताए ।शुभ गृह ईन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका सिइओ सुभेन्द्र थापाले सन् २०१४ देखि निरन्तर रुपमा अष्ट्रेलिया, क्यानाडा, युके, अमेरिका अध्ययनका लागि आउने विद्यार्थीहरु, नेपाली समुदाय र अन्तराष्ट्रिय विद्यार्थीह्रुलाई समेत उचित शैक्षिक परामर्शका साथैं माईग्रेसन, भिसा, ईन्सुरेन्स लगायतका बिषयहरुमा सेवा प्रदान गर्दै आईरहेका जानकारी गराएका थिए ।

कन्सल्टेन्सीबाट प्रत्येक बर्षमा करिब २०० जनाले लाभ लिएका छन । ‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको छ ।

शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले भने, “विश्वभर धेरै विकल्पहरु बढे संगै नेपाली विद्यार्थीहरुसंग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेका छन् । संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्नेछ भन्ने मेरो अनुमान छ । शुभगृहमा हाम्रो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्च स्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनु हो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् ।”

शुभगृहमा संस्थापक श्रीमती सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास व्यक्त गरिन ।

शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो। यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मदत गर्नमा महत्वपूर्ण भूमीका खेलेको छ र सही मार्गदर्शन प्रदान गरे वापत धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट “उत्कृष्ट परामर्शदाता पुरस्कार प्राप्त” गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com