काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए । नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।
नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका थिए ।








प्रतिक्रिया दिनुहोस्