ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बनेपामा एक घर एक धारा अभियान


एबीसी न्यूज
फाल्गुन १२, २०७९ शुक्रबार  ३ : ३७ बजे

काठमाडौं,१२ फागुन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ ।

अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिनुभयो । सिनागालस्थित अपाङ्ग बाल अस्पताल पुन: स्थापना केन्द्रसहित करिब एकसय घरमा स्वच्छ खानेपानी पु्याउन अभियान थालिएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष थापाका अनुसार धनेश्वरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको छ । “गिरी र बञ्जरा टोलका लागि भने ट्याङ्की निर्माण भई पाइपलाइनको काम बाँकी छ । खानेपानी वितरणका लागि बजेट विनियोजन गरी पूर्वाधार निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो ।

आगामी चार वर्षमा सबै घरमा स्वच्छ खानेपानी पु्याउने योजनसहित वडा कार्यालयले स्वच्छ खानेपानी अभियानलाई तीव्रता दिएको छ । पानीघाटस्थित डिपबोरिङ सञ्चालनका लागि विद्युत् प्राधिकरणसँग समन्वय गरी दुई महिनाभित्र उक्त क्षेत्रमा विद्युत् सञ्चालन गरिने वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

पानीघाट उपाभोक्ता समितिका अध्यक्ष गौतमप्रसाद गौतमले एकसय ५० घरधुरीलाई खानेपानी उपलब्ध गराउने योजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “केहीदिन अघिदेखि कतिपय घरका धारामा पानी झरिसकेको छ”, उहाँले भन्नुभयो ।

योजनाअन्तर्गत ९० प्रतिशत काम सम्पन्न भएको छ भने डिपबोरिङका लागि विद्युत् उपलब्ध नहुँदा काम रोकिएको छ । विद्युत् आपूर्तिपछि बाँकी कामलाई निरन्तरता दिइने बताइएको छ । अध्यक्ष गौतमका अनुसार डिपबोरिङका लागि बागमती प्रदेश सरकारबाट रु ६० लाख, बनेपा नगरपालिकाबाट रु १५ लाख र जिल्ला समन्वय समितिबाट रु १५ लाख विनियोजन भएको थियो ।

यसअघि उपभोक्ता समितिका सदस्यलाई मात्रै खानेपानी उपलब्ध गराउने विधान संशोधन गरी सबै घरमा धारा जडान गरिएपछि नयाँ र पुराना ग्राहकबीचको विभेदको अन्त्य भएको थियो । उपभोक्ताको निरन्तर खबरदारी, सहयोग तथा चासोका कारण ठेकेदार कम्पनीले कामलाई तीव्रता दिएको उपभोक्ता समितिका उपाध्यक्ष रामकृष्ण हुमागाईंले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com