ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ : मन्त्री शर्मा


एबीसी न्यूज

काठमाडौं,१२ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताउनुभएको छ ।

प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् ९सिटीइभीटी० को ३५औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ, सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको छ ।” हातमा सीप भएका जनशक्ति नेपालमा धेरै रहेको चर्चा गर्दै उहाँले पढाइलाई मात्रै नभई अनौपचारिक शिक्षाका रुपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशका सबै युवालाई हातमा सीप दिएर दक्ष जनशक्ति बनाएर रोजगारी सिर्जना गर्नुपर्ने औँल्याउनुभयो । अन्य विषय पढ्न नसक्ने मात्रै प्राविधिक शिक्षा पढ्न सिटीइभीटी आउँछन् भन्ने भ्रम रहेकाले त्यो भ्रमलाई चिर्नु आवश्यक रहेको मन्त्री शर्माले बताउनुभयो ।

अब नेपालको शिक्षामा पढ्दै कमाउँदै भन्ने नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले भन्नुभयो, “नेपालको शिक्षा महँगो हुँदै गएको छ, त्यसैले सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको छ, त्यसलाई व्यवहारमा ल्याउनुपर्‍यो ।”

सिटीइभीटीबाट एउटै विद्यालयमा प्राविधिक शिक्षाका १० वटा कार्यक्रम लैजाने प्रतिस्पर्धा चलेको भन्दै उहाँले त्यसरी धेरै कार्यक्रम एउटै विद्यालयले लैजानुभन्दा थोरै कार्यक्रम लैजाने र गुणात्मक शिक्षा दिनुपर्ने बताउनुभयो । सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको जनाउँदै देश सङ्घीयतामा गए पनि शिक्षा ऐन भने पुरानै भएकाले छिट्टै शिक्षा ऐन ल्याउन सरकार लागेको उहाँले बताउनुभयो ।

नेपालको जनशक्ति धमाधम बाहिरिँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर पनि आम्दानी गर्नसक्ने भएकाले शिक्षाका अगुवाले विदेशिनुको कारण खोज्नुपर्ने बताउनुभयो । कर्मचारीलाई उहाँले अधिकार पनि खोजाँै तर आफ्नो कर्तव्यलाई नभुलौँ भन्दै कर्मचारीले आफ्नो कर्तव्यलाई सधैँ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्राविधिक शिक्षाका विकास एवं विस्तारका लागि सरकार लागिरहेको बताउनुभयो । कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा सङ्गीता सिंहलगायतले प्राविधिक शिक्षालाई ग्रामिण क्षेत्रका विद्यार्थीको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । सिटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले सिटीइभीटीका कार्यक्रम, बजेट, नीति तथा प्रगतिका बारेमा विवरण पेश गर्नुभएको थियो ।

सिटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सिटीइभीटीको आवश्यकता र राज्यको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । त्यसअवसरमा कार्यालयका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com