ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावअघि राष्ट्रपति हाम्रो पार्टीलाई दिन देउवा–प्रचण्ड सहमत थिए– नेपाल


एबीसी न्यूज

काठमाडौं, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन ।

आज (मंगलबार) दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताएका छन ।

नेपालले त्यस क्रममा पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताएका छन । उनले भने,‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरी अरूको निम्तीमात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’

नेपालले देशको हित गर्ने सन्दर्भमा सबै गम्भीर हुनुपर्ने बताएका छन । उनले भने, ‘ संविधान र गणतन्त्रको रक्षाका लागि सजग हुनुपर्ने र गणतन्त्र जोगाउने कुरा अहिलेको आवश्यकता हो । तर हाम्रोतर्फबाट राजनीतिक मूल्यमान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन ।

यिनै कुराहरूलाई ध्यानमा राखेर कुराकानीहरू गर्छौ । कुरा गर्न चाहने र विचार मिल्न सक्नेसँग कुरा गर्छौ । ’ उनले राष्ट्रपतिबारे चुनावअघि कांग्रेस र माओवादीसँग कुरा भएको भन्दै त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले सहमति जनाएको बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com