ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलङ्की बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै


एबीसी न्यूज

काठमाडौं,८ फागुन । काठमाडौँ, ८ फागुन ९रासस० स् चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । ससडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन । चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो । चिनियाँ पक्षले काम शुरु नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरु गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताउनुभयो । मुख्य लेनको २५/२५ मिटर बाहिर सडकको दुबैतर्फ छ/छ मिटरमा कालोपत्र गर्न सम्झौता भएको थियो । आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ ।

अहिले कलङ्कीबाट बसुन्धारासम्म बाहिरी लेन ९सर्भिस ट्र्याक० निर्माण गर्ने गरी ठेक्का भएको छ । चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन । पहिलो चरणको चक्रपथ विस्तारमा चिनियाँ सरकारले सडक निर्माण सम्पन्न गरेपनि मात्रै ‘सर्भिस ट्रयाक’ सुरु भएको थियो । अहिले भने मुख्यभन्दा सहायक लेन पहिले निर्माण गर्न लागिएको हो । पहिलो चरणको विस्तारमा सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो ।

त्यो अपुग भएपछि सरकारले आवश्यकताका आधारमा आकाशे पुल निर्माण गरेको थियो । चिनियाँ पक्षले सडक निर्माणको क्रममा आकाशे पुल निर्माण गरेपछि अपुग भएमा पछि सरकारले बनाउन सक्ने प्रमुख अधिकारीले बताउनुभयो । सडक निर्माण सकिँदा नसकिँदै खन्ने प्रवृत्ति पुनरावृत्ति भइरहँदा योजनाले सकेसम्म समन्वय बढाएर सडक निर्माण गर्न लागेको प्रमुख अधिकारीले बताउनुभयो ।

कलङ्की–बसुन्धारा खण्डमा अहिले योजना आफैँले ढल हालिरहेको छ भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० र आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छाउने काम गरिरहेका छन् । उहाँले भन्नुभयो, “सकेसम्म खन्न नपर्ने गरी हाल्न लागिएको छ ।”पहिले सडकको बीचमा खानेपानी पाइप रहेकामा अहिले छेउबाट मात्रै राखिएको प्रमुख अधिकारीले बताउनुभयो । कतैकतै क्रसिङमा मात्रै बीचको लेन भएर पाइप लैजाने उहाँले बताउनुभयो ।

सो खण्डमा सडक निर्माणका लागि निर्माणस्थल खाली गराउन रुख काट्ने, खानेपानीको पाइप, विद्युत्को पोल हटाउन काम सकिएको छ । उहाँले भन्नुभयो, “पोल ग्रीन बेल्टमा पर्ने हुँदा सार्न ुपर्ने हुँदैन र काम अघि बढाउन सकिन्छ ।” सामान्यतया पहिलो खण्डजस्तो हुने भने पनि अहिलेसम्म कस्तो डिजाइनमा निर्माण हुने टुङ्गो लागिसकेको छैन । साइकल लेन निर्माणलगायतका केही कुरा फरक हुनसक्ने छ । मुख्य सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल अघि बढाएको छ ।

उपप्रधानमन्त्री तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले हालै चिनियाँ राजदूतसँग चक्रपथ सडक चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको थियो । सरकारले चक्रपथको दोस्रो चरणमा कलङ्कीबाट चावहिल नजिकै धोबीखोलासम्म विस्तारका लागि अनुरोध गरेपनि हाल बसुन्धारासम्मको सडक चीन सरकारको सहयोगमा विस्तार हुने आयोजनाकी प्रमुख अधिकारीले बताउनुभयो । कलङ्कीबाट बसुन्धारासम्म सडक निर्माणको लागि सम्झौता भएको थियो ।

उहाँले भन्नुभयो, “महाराजगञ्जको जग्गा उपलब्ध नहुँदा त्यसभन्दा अघि गर भन्न सकिने अवस्था भएन । त्यहाँसम्म अर्को चरणमा हुनसक्छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चिनियाँ पक्षले निर्माणस्थल खाली नै नभएसम्म निर्माण सुरु नगर्ने हुँदा दोस्रो खण्डमा मुख्य लेनमा विस्तार सुरु नभएको बताउनुभयो । सरकारले वा अरु दातृ निकायको भए यही अवस्थामा निर्माण सुरु गर्ने भए पनि चिनियाँ पक्षले चक्रपथको पहिलो खण्डमा विस्तार हुँदा सडक खाली हुन ढिलाइ भएको देखेर अहिले पूरै खाली नभएसम्म सुरु नगरेको बताउनुभयो ।

पहिलो खण्ड निर्माण गर्दा एउटा पोल हटाउन पनि छ महिना लागेकाले ढिलाइ भएको उहाँको भनाइ थियो । उहाँले भन्न्ुभयो, “चिनियाँ राजदूतलाई सबै कुरा भनेको र हाम्रो सन्दर्भमा गर्न भनेका छौँ र उताबाट पनि यसलाई लिखित पत्र माग्नुभएको छ ।” चक्रपथको पहिलो खण्डका रुपमा सरकारले कोटेश्वर–कलङ्की खण्ड पाँच वर्ष पहिले आठ लेनमा विस्तार गरेको थियो । सो विस्तारपछि अहिले मुख्यमुख्य चोकमा बाहेक सवारी चापका समस्या छैन । दोस्रोचरणको विस्तारको तयारी सुरु भएको तीन वर्ष वित्दासमेत अझै मुख्य सडक पूरै खाली भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com