ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामचन्द्र पौडेलको निश्कर्ष : देउवाबाट प्रचण्डलाई धोका भयो, विदेशी र ज्योतिषी चकित !


एबीसी / संवाददाता

काठमाडौं १० पुस । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएको टिप्पणी गरेका छन्।
बालकोटमा जुटेको सहमतिबारे कांग्रेसको धारणा व्यक्त गर्ने क्रममा नेता पौडेलल् भने ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई कांग्रेसबाटै धोका भयो।’
नेता पौडेलले शनिबार खुमलटार पुगेर प्रचण्डलाई भेट गरेका थिए।
उक्त भेटमा उनले गठबन्धन नभत्काउन प्रचण्डलाई आग्रह गरेका थिए। गठबन्धन बचाउनका लागि कांग्रेसले राष्ट्रपति लिएर आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन भनेका थिए।

‘शान्ति प्रक्रिया पनि भूमिका निर्वाह गरेको व्यक्तित्व तपाईं राष्ट्रपति भएर म प्रधानमन्त्री हुँदा मलाई पनि गौरव महशुस हुन्छ,’ पौडेललाई प्रचण्डको प्रस्ताव थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले आइतबार नै बालकोट पुगेर एमालेसहित सात दलको समर्थनमा सरकार गठन गर्ने सहमति गरेका छन्।
बालकोटमा प्रचण्डलाई अढाई वर्ष सरकारको नेतृत्व दिने सहमति भएको बताइए पनि यसबारे औपचारिक रूपमा सार्वजनिक भएको छैन।
यस पुरानो सत्ता गठबन्धनका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि नेका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई र ५ दलीय गठबन्धनलाई नै धोका दिएको टिप्पणी गरेका थिए ।
संघीयि निर्वाचन पहिले देउवालाई चुनावपछिको प्रधानमन्त्री प्रचण्ड भनेका थिए । तर चुनावी परिणाम आएपछि श्रीमति आरजु राणाको दबावमा प्रधानमन्त्री पद नछाड्ने अडान लिंदा कांग्रे भुईंमा पछारिन पुगेको छ । यसपटक देउवका पक्षमा विदेशी आर्शिवाद र ज्योतिषीको भविष्यवाणी काम लागेन ।

सम्बन्धित समाचार

बालकोट निर्णय : माओवादीलाई प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई

प्रचण्डलाई दिएको बचनबाट देउवा पछि हटेकाले गठबन्धन भत्कियो– झलनाथ खनाल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com