ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीमाको पैसा असुल्न गाडी जलाउन लगाए गाडी धनीले


एबीसी / संवाददाता
भाद्र ७, २०७९ मंगलबार  २ : ०० बजे

काठमाडौं, ७ भदौ । दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

उनीहरू तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटना शंकास्पद देखिनासाथ प्रहरीले सुरूमा चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो।

घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं। ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।

उक्त टिपर दुई दिन अगाडि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको तथ्य यस अघि नै जिल्ला प्रहरीले जानकारी दिइसकेको थियो। गाडी चालक अरूण राप्ती गाउँपालिका वडा नं। ८ का हुन् भने सहचालक आकाश गढवा गाउँपालिका- ७ का हुन्। अरूणले उक्त गाडी विगत सात वर्षदेखि चलाउँदै आएका थिए।

‘गाडी पुरानो भयो र मर्मत गर्दा धेरै खर्च हुने थाल्यो भनेर साहुले नै आगो लगाउन लगाएको तथ्य खुल्यो,’ एसपी काफ्लेले भने, ‘विप्लव लगायतका दलहरूले बन्दको आह्वान गरेपछि अघिल्लो दिन नै आगो लगाउने उद्धेश्यले ग्यारेजबाट गाडी झिकेको तथ्य खुल्यो।’

मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको एसपी काफ्लेले बताए।

‘आफैं आगो लगाएर बीमाबाट रकम असुल्ने नियत देखियो,’ एसपी काफ्लेले भने, ‘यसअघि गाडी साहुले आफूलाई गाडी देउखुरीतर्फ लगेकोबारे चालकले कुनै सूचना नदिएको भनेर झूट बोलेका रहेछन्।’

पक्राउपछि चालकले गाडी धनीलाई समेत कुनै जानकारी नदिएर राप्ती गाउँपालिकास्थित आफ्नो घरतर्फ जान खोजेको भनेर बयान गर्नु, आगलागीपछि चालक र सहचालकले समयमै प्रहरीलाई खबर नगर्नुजस्ता कारणहरूले घटना शंकास्पद देखिएको यसअघि नै एसपी काफ्लेले बताएका थिए।

चालक र सहचालकले भने चार पाँच जना युवाको समूह आएर गाडीको अगाडिको भागमा आगो झोसेर भागेको बताउँदै आएका छन्।

आगजनीबाट टिपरको अगाडिको भाग पूरै जलेर नष्ट भएको छ। विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आफूहरूको बन्द शान्तिपूर्ण रहने र तोडफोड र आगजनीको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै टिपर आफूहरूले आगजनी नगरेको यसअघि नै  बताइसकेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने :बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी

सम्बन्धित

एउटा प्राज्ञिक चमत्कार

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यकः प्रचण्ड

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com