काठमाडौं, ११ असार । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको जनाइएको छ । सरकारले उक्त निर्णयलाई आजैबाट लागू गर्ने बताइएको छ । गठबन्धनको निर्देशनअनुसार निर्णय लागू भएमा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर करिब २५ देखि ३० रुपैयाँसम्म घट्ने छ ।








प्रतिक्रिया दिनुहोस्