ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमा गुड्दा गुड्दै इलेक्ट्रीक कार नेक्सनमा आगो लाग्यो


एबीसी / संवाददाता
असार ९, २०७९ बिहीबार  ७ : ४० बजे

काठमाडौँ, ९ असार ।  भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको इलेक्ट्रीक कार नेक्सनमा आगलागी भएको छ । मुम्बाईमा भएको उक्त दुर्घटनामा मानविय क्षती नभएपनि इलेक्ट्रीक कारको सुरक्षाका विषयमा नयाँ बहस सुरु भएको हो । सोसल मिडियामा सार्वजनिक भएको तस्विरलाई आधार मान्ने हो भने गाडी सडकमा गुड्दा गुड्दै आगो लागेको हुन सक्ने अड्कल काटिएको छ ।

किनभने गाडी पार्किङ गरिएको छेउमा नै गाडीहरु ठूलो हर्न बजाएर यता उता गरिरहेका छन् । यसले गाडी गुड्दा गुड्दै आगो लागेको आशंका गर्न सकिन्छ ।आगलागीको घटनापछि टाटा मोटर्सले एक बक्तब्य जारी गरेको छ । कम्पनीले कारमा आगलागीको कारण पत्ता लगाउन काम अगाडि बढाइएको जाउँदै भनेको छ, ‘अहिले हामी यसको कारण खोजी रहेका छौं । विस्तृत विवरण आउने वित्तिकै त्यसलाई सार्वजनिक गर्छौ ।’भारतमा अहिले करिब ३० हजार नेक्सन ईभी गुडिरहेका छन् ।

सवारी साधनमा आगलागी हुनु सामान्य भएपनि भारतमा उत्पादन भएको इलेक्ट्रीक कारमा पहिलो घटना भएकोले सोसल मिडियामा धेरै चर्चा भइरहेको छ ।पछिल्ला दिनमा भारतभर इलेक्ट्रीक स्कुटरमा धेरै आगलागीका घटनाहरु भइरहेको भएपनि कारमा पहिलो पटक भएको हो । कमल जोशी नामको टुइटर ह्याण्डलबाट पहिलो पटक सेयर भएको भिडियोमा टाटा नेक्सन ईभीमा मुम्बईको वेस्ट वसई इलाकामा आगलागी भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान

सम्बन्धित

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com