ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एसबाट कहिले पाउने नयाँले मन्त्री ? प्रधानमन्त्री देउवाको मौनतामा , नेपालको शंका


एबीसी / संवाददाता
असार ८, २०७९ बुधबार  ९ : ०७ बजे

काठमाडौं, ८ असार । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेको आधा महिनाभन्दा बढी समय भैसक्दा पनि अझै मन्त्री हेरफेर भएको छैन । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको विवादलाई देखाएर मन्त्री हेरफेर रोकिएपनि अहिले भने केही मन्त्रीहरु नै प्रधानमन्त्रीलाई तत्काल निर्वाचन घोषणा गर्न सुझाव दिइरहेका छन । एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुलाई सरकारमा पठाउँदा नै छ महिनाको भाका राखेको थियो ।
अहिलेका मन्त्रीहरुले ६ महिना कार्यकाल पूरा गरेपछि नयाँ मन्त्रीहरु पठाउने भने पनि ८ महिनापछि क्याविनेटमा नयाँ अनुहारलाई अवसर दिने निर्णय पार्टीले गरेको थियो ।

तर पार्टीले पूराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै मन्त्रीहरुले आफ्नो मन्त्री पद जोगाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई हारगुहार गरेका थिए ।त्यसपछि बजेट पारित नहुँदासम्मका लागि मन्त्रीहरुलाई यथावत राख्न पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री तथा प्रचण्डले सहमत गराएका थिए । तर अहिले भने एकीकृत समाजवादीका मन्त्रीमात्रै होइन, जसपा र माओवादीका मन्त्रीहरु पनि प्रधानमन्त्रीलाई संसदको बजेट अधिवेशनलगत्तै चुनावको मिति घोषणा गर्न दवाव दिइ रहेको बुझिएको छ ।

निर्वाचनको मिति घोषणा हुनेबित्तिकै संसद भंग हुन्छ र निर्वाचनसम्म पुरानै मन्त्रीहरु काम गर्न पाउँछन् । एकीकृत समाजवादीका मन्त्री फेरिनेबित्तिकै ती पार्टीमा पनि मन्त्री हेरफेरको माग हुने भएकाले उनीहरुले त्यस्तो सुझाव दिएका हुन् । मन्त्री फेर्नुपर्ने माग राख्ने र तत्काल निर्वाचन घोषणा गर्नुपर्ने माग राख्ने यी दुवै पक्षसँग निरन्तर छफफलमा रहेका देउवाले कस्तो कदम चाल्छन् ? त्यो भने अझै एकीन भैसकेको छैन । तर मन्त्री हेरफेरको विषयले पार्टीहरुमा भने विवाद बढाएको छ ।

आफ्नो पार्टीको निर्णयबमोजिम मन्त्री हेरफेर नभएकोमा निरन्तर चर्को विरोध गर्दै आएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्नै पार्टीका अध्यक्ष माधव नेपालसँग असन्तुष्ट छन् । नेपालले पार्टी निर्णय पालना गराउन नसकेको उनको बुझाई छ । सरकारमा जाने तयारीमा रहेका पार्टी नेताहरुमा भने पार्टीले निर्णय गर्दा जुन उत्साह थियो उनीहरुमा विस्तारै त्यो उत्साह घट्दै गएको देखिन्छ । तर, ढिल भएपनि प्रधानमन्त्रीले पार्टीको निर्णय पालना गर्नेमा आशावादी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारीमाथि पूर्वमन्त्रीको आरोप

सम्बन्धित

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

“कारागारमा हुनुपर्ने ओली हस्पिटलको बेडमा !” रास्वपा सांसदको तीखो आक्रमण

आजै छुट्लान् ओली र लेखक ? मुद्दा दायर गर्ने कि हाजिरी जमानीमा छाड्ने भन्ने निर्णय आज

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com