ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल अमेरिकासँग ३९ रनले पराजित


एबीसी / संवाददाता

काठमाडौं, २ असार ।  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा अघि बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो ।

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो ।  नेपालका आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै, नेपालका सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रन जोडे । दिपेन्द्र सिंह ऐरी, आदिल अन्सारी र करण केसीले दोहोरो अङ्क जोड्न सकेनन् भने कप्तान सन्दीप लामिछाने शून्य रनमा आउट भए ।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिए भने नोस्थुश केन्जी र निसर्ग पटेलले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

अमेरिकाका लागि गजानन्द सिंह र सुशान्त मोदानीले अर्धशतकीय पारी खेले । सिंहले ५८ तथा मोदानीले ५४ रनको योगदान गरे । यस्तै, आरोन जोन्स्ले ४३, सैतेज मुक्कामलाले ३६, निसर्ग पटेलले १८ र क्यामरोन स्टेभेन्सनले १६ रन जोडे ।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com