ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई हरायो


एबीसी / संवाददाता
जेष्ठ २६, २०७९ बिहीबार  ११ : ५३ बजे

काठमाडौँ, २६ जेठ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो । जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन मात्र बनायो ।

मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिईन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६, सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३र३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले २ तथा एलिस हुन्तरले एक विकेट लिइन् । यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा ६ अंक जोडेर तेस्रो स्थान हासिल गरेको छ भने मलेसियाले ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com