ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल कीर्तिमानी, १४औं पल्ट च्याम्पियन


एबीसी / संवाददाता

काठमाडौं, १५ जेठ  । स्पेनिस क्लब रियल म्याड्रिडयो सिजनको युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल कीर्तिमानी १४औं पल्ट च्याम्पियन बनेको हो ।
पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा क्लोज रेन्जबाट मोहम्मद सलाहले गरेको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे । २१औं मिनेटमा साडियो मानेले सुवर्ण अवसर खेर फाल्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।

४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ५८औ मिनेटमा मोहम्मद सलाहको प्रयासलाई डेभिड अलाबा र गोलरक्षक कोर्टुवाले ब्लक गर्दै रियलको संकट टारे । लगत्तै काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नोल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई अग्रता दिलाए ।६४औं मिनेटमा सलाहको प्रयासमा कोर्टुवा नै बाधक बने । ६९औं मिनेटमा सलाहकै प्रयासमा पुनः कोर्टुवा नै खलनायक बने ।७९औं मिनेटमा सलाहको प्रहार डिफ्लेक्ट हुँदा डिएको जोटाले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुल बराबरीबाट रोकियो । त्यसपछि थप गोल निस्कन नसक्दा रियल च्याम्पियन बन्न सफल भयो ।

सन् २०१८ पछि च्याम्पियन बन्न सफल भएको रियल कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको हो । पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । यो सन् २०१४ मा सुरु भएको थियो, जतिबेला रियलले फाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई हराएको थियो । त्यसपछि रियलले लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो ।रियलसँगको हारसँगै लिभरपुल यो सिजन तीन उपाधि जित्न सकेन । यो सिजन चार उपाधि जित्ने संघारमा रहेको लिभरपुल दुई उपाधिमा खुम्चियो । लिग कप र एफए कप जितेको लिभरपुल प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिबाट बञ्चित बन्यो ।

यस्तै लिभरपुलले २०१८ मा भोगेको हारको बदला लिनसमेत असफल रह्यो । लिभरपसल त्यतिबेला ३–१ ले पराजित भएको थियो । रियलसँगको हारसँगै पछिल्लो ५ सिजनमा तेस्रोपटक फाइनल खेलेको लिभरपुलले एसी मिलानसँगको उपाधि बराबरी गर्ने अवसर समेत गुमायो । मिलानले सातपटक तथा रियलले ६ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com