ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस पटक अघिल्लो निर्वाचनभन्दा प्रमुखमा महिलाको संख्या बढ्यो


एबीसी / संवाददाता

काठमाडौं, ८ जेठ । देशभरका ७ सय ५३ मध्ये ६ सय ४५ पालिकाको मतपरिणाम अनुसार विगतको भन्दा यो पटक पालिका प्रमुखमा विजयी महिलाको संख्यो बढेको देखिन्छ । २०७४ सालको निर्वाचनमा प्रमुखमा निर्वाचित महिलाको संख्या १४ थियो तर अहिलेसम्मको नतिजामा यो संख्या २२ पुगेको छ । यता, प्रमुखमा विजयी महिलाको संख्या केही बढ्दै गर्दा उपप्रमुखमा भने करिब ३० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा विजयी भईन् । प्रमुखमा महिला उम्मेदवारले जित्दै गर्दा उपप्रमुखमा पुरुष उम्मेदवार काँग्रेसका राजेश बानियाँ विजयी भए । ७५३ मध्ये ६४५ पालिकाको निर्वाचन आयोगको मतपरिणाम अनुसार पालिका प्रमुखमा विजयी महिलाको संख्या २२ छ । २०७४ सालको निर्वाचनमा यो संख्या १४ थियो । यस्तै, खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षको प्रतिस्पर्धामा यसअघि तेस्रो रहेकी नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई यो पटक निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शंखरबहादुर राईलाई दोब्बर मतले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भईन् । भरतपुर महानगर प्रमुखमै पनि माओवादी केन्द्रका महिला उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । यसअघि उपप्रमुखमा महिलालाई अघि सारिएको थियो तर यो पटक प्रमुख पदकै प्रतिस्पर्धामा महिला उम्मेदवार मैदानमा उत्रिए ।

यसअघि कुल पालिकामध्ये प्रमुखमा महिलाको संख्या १ दशमलव ८६ प्रतिशत थियो । पालिका प्रमुखमा महिलाको संख्या २२ पुग्दै गर्दा यो अहिलेसम्म २ दशमलव ९२ प्रतिशत पुगेको छ । ७ सय ५३ पालिकाकै नतिजा आउदा यो सख्या थोरै बढ्ने देखिन्छ । रौतहटको मौलापुर नगरपालिकामा रीनाकुमारी साह, सिन्धुलीको सुनकोशी गाउँपालिकामा दीपा बोहोरा र पूर्वी नवलपरासीको हुप्सेकाट गाउँपालिकामा लक्ष्मीदेवी पाण्डे गरी तीन महिला यस पटक पनि नेतृत्वमा दोहोरिए । रौतहटमा साह यसअघि माओवादीबाट जितेपनि या पटक एमालेबाट निर्वाचन जितेकी छिन् । बोहोराले माओवादी र पाण्डेले काँग्रेसबाट निर्वाचन जितेकी छिन् । एमालेका ९, काँग्रेसका ७ र माओवादीबाट ३ महिलाले पालिका प्रमुखको नेतृत्वमा पुगेका छन् । हालसम्म, ९ नगरपालिका र १३ गाउँपालिकामा महिलाले नेतृत्व पाएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार यसअघि ६ सय ८२ महिला उपप्रमुखमा चुनिएका थिए । तर, यो पटक ६४५ पालिकाको मतगणना भइसक्दा ४७० जना मात्र महिला उपप्रमुखमा निर्वाचित भएका छन् । अघिल्लो चुनावमा उपप्रमुख महिलाको संख्या ९० दशमलव ५७ प्रतिशत रहेको थियो भने यो पटक यो संख्या करिब ३० प्रतिशतले घट्ने देखिएको छ । पुरै पालिकाको विवरण आउदासम्म यो अझै बढ्ने देखिन्छ । संविधानले पालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार उठाउनै पर्ने व्यवस्था गरेको छ । तर, सत्तासीन दलहरू मिलेर उम्मेदवारी दिएकाले अधिकांश पालिकामा प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार नै उठाएका थिए । महिला उम्मेदवार नै कम भएपछि विजयी महिला उपप्रमुखको संख्यामा पनि स्वभाविक रुपले कम भएको हो ।

समग्रमा, महिला उम्मेदवारको संख्या कम भएपनि यस पटक अघिल्लो निर्वाचनभन्दा प्रमुखमा महिलाको संख्या केही बढेको हो । भिन्न–भिन्न राजनीतिक दलबाट प्रतिस्पर्धामा आएका केही महिला भने प्रमुखमा पुनः दोहोरिएका पनि छन् । तथापि, संविधानले सुनिश्चित गरेको नेतृत्वमा महिलाको अधिकार अझै कार्यान्वयन हुन सकेको छैन । यसको पूर्णतया व्यवहारमा कार्यान्वयनका लागि राजनीतिक दल एवम् सरोकारवाला सबै नै आगामी दिनमा थप जिम्मेवार बन्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com