ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँपालिकामा एमालेको “क्लिन स्विप”


एबीसी / संवाददाता
जेष्ठ ५, २०७९ बिहीबार  ७ : ३१ बजे

लमजुङ, ५ जेठ । क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका अध्यक्ष र सबै सदस्यमा एमाले विजयी भएको हो । बुधबार राति सकिएको मतगणना अनुसार नेकपा एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँपालिका (क्व्होलासोंथार) अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङलाई १ हजार ३ सय ६७ मतले हराउँदै आगामी ५ वर्षका लागि क्व्होलासोंथार गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । सूर्यप्रसादले ३ हजार ८ सय ५६ मत ल्याउनुभएको छ भने प्रतिद्वन्द्वी टेकबहादुर गुरुङले २ हजार ४ सय ८९ मत पाउनुभएको छ । अध्यक्षमा मंगोल नेश्नल अर्गनाइजेशनमा भुवरजंग गुरुङले ५१ मत प्राप्त गर्नुभएका

छ । उपाध्यक्षमा गमीमाया गुरुङ निर्वाचित हुनुभएको छ । कांग्रेस उम्मेदवार सिर्जना गुरुङलाई १ हजार ६ सय ४९ मतान्तरमा उपाध्यक्ष हासिल गर्नुभएको हो । गमीमायाले ३ हजार ९ सय ८९ मत पाउनुएको छ। सिर्जनाले २ हजार ३ सय ४० मत पाएको निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

वडाअध्यक्षतर्फ वडा नं. १ मा पेमा गुरुङ, वडा नं. २ मा खुसीमान गुरुङ, वडा नं. ३ मा आसबीर गुरुङ, वडा नं. ४ मा नारायण गुरुङ, वडा नं.५ मा गीतबहादुर गुरुङ, वडा नं.६ मा मनलाल गुरुङ, वडा नं.७ मा लक्षुमन गुरुङ, वडा नं.८ मा सन्तोष घले र वडा नं.९ मा हुमराज गुरुङसहित सबै सदस्य एमालेले जितेको छ ।२०७४ को स्थानीय चुनावमा क्व्होलासोंथर २ र ८ को अध्यक्ष र केही सदस्य कांग्रेसले जितेको थियो । यसपटक पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य गरी ९ वटै वडाका ४७ जना जनप्रतिनिधि नै एमालेका उम्मेदवार निर्वाचित भएको सहायक निर्वाचन अधिकृत त्रिलोकचन्द्र गुरुङले बताउनुभो। सबै पदमा एमाले मात्रै निर्वाचित भएको र कांग्रेसलगायत अन्य कुनै पनि पार्टी कुनै पनि पदमा निर्वाचित नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

कुर्सीको ‘क्रान्ति’ र परम्पराको पराजय

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com