ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो


एबीसी / संवाददाता
माघ २३, २०७८ आईतबार  २ : ४२ बजे

बैतडी । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । बिहीबारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायत स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बाटो बन्द रहेको थियो । खड्काले भन्नुभयो, “दुई स्काभेटरको प्रयोग गरी राजमार्ग सञ्चालन गरिएको छ, यसअघि लगातारको हिमपात र सडकमा बाक्लो हिउँ जमेकाले ढिलाइ भयो ।”

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरालगायत बैतडी र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुबाहक तथा मालबाहक सवारी साधन आआफ्नो गन्तव्यतर्फ लागेका छन् । यसअघि बिहीबारदेखि नै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

सम्बन्धित

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com