ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार


एबीसी / संवाददाता

विरगञ्ज, १५ माघ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो १० वर्षको अविधमा जम्मा ४८ हजारले वृद्धि भएको देखिएको छ । यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ६ लाख एक हजार १७ रहेको थियो । जिल्लामा ०.७४ प्रतिशतको दरले जनसङ्ख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा महिलाको जनसङ्ख्यामा कमी आएको छ । मुलुकभर महिलाको सङ्ख्या बढे पनि पर्सामा महिलाको जनसङ्ख्या कम रहेको छ । पर्सामा पुरूषको सङ्ख्या तीन लाख ३४ हजार ९१९ तथा महिलाको सङ्ख्या तीन लाख १४ हजार ४७८ रहेको छ । पुरूषभन्दा महिलाको जनसङ्ख्या २० हजार ४४१ कम रहेको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक प्रतिवेदनमा वीरगञ्ज महानगरपलिकाको दुई लाख ७८ हजार २७३ जनसङ्ख्या रहेको छ । महानगरमा एक लाख ३९ हजार ८४२ पुरुष र एक लाख २८ हजार ४२४ महिला छन् । महानगरपालिकामा ४७ हजार २१८ परिवारको बसोबास रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार कालिकामाई गाउँपालिकामा २३ हजार ४७०, ठोरी गाउँपालिकामा १७ हजार ४९४, पकाहामैनपुर गाउँपालिकामा २२ हजार ९५७, धोबिनी गाउँपालिकामा २२ हजार ७४६ तथा छिपहरमाई गाउँपालिकामा २६ हजार ७४२ जनसङ्ख्या छ ।

यसैगरी, पटेर्वासुगौली गाउँपालिकामा २५ हजार ५०८, जगरनाथपुर गाउँपालिकामा ३२ हजार सात, बिन्ध्यवासिनी गाउँपालिकामा २४ हजार ४६६, जीराभवानी गाउँपालिकामा २२ हजार ६०२, सखुवाप्रसौनी गाउँपालिकामा ३५ हजार ७१२, पोखरिया नगरपालिकामा ३८ हजार ९८५, पर्सागढी नगरपालिकामा ४१ हजार ४७७ तथा बहुदरमाई नगरपालिकाको ४३ हजार ७८० जनसङ्ख्या छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com