ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवअधिकार रक्षाका लागि सबै क्रियाशील हुनुपर्छ– उपराष्ट्रपति पुन


एबीसी / संवाददाता
मंसिर २२, २०७८ बुधबार  ५ : ४४ बजे

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकार रक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट क्रियाशील रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

त्रिहत्तरऔँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १३ आँै मानवअधिकार महाभेलाकोे उद्घाटन गर्दै उहाँले शान्तिप्रक्रिया टुङ्ग्याउने विषयमा विश्वको ध्यान नेपालतर्फ आकर्षित भइरहेको हुँदा सबै मानवअधिकारकर्मी मिलेर त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।“नेपालले मानवअधिकारलगायत अन्तर्राष्ट्रिय अन्य सन्धि महासन्धिमा हस्ताक्षर गरेकाले त्यसको उद्देश्य र लक्ष्यअनुसारको नेपालले काम गनुपर्र्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसअनुरूप नेपालले कार्यान्वयनमा ध्यान दिनुपर्छ ।” उपराष्ट्रपति पुनले मानवअधिकार महासन्धिले गाँस, बास, कपास, स्वास्थ्य शिक्षासहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको रक्षा नै मानवअधिकार भएको ठहर गरेको भए पनि स्वास्थ्य र शिक्षा पूर्णरूपमा निःशुल्क गर्न नसकिएको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै समुदाय, क्षेत्र र वर्ग सबैलाई समानरुपमा मानव अधिकारको उपयोग गर्न पाउनुपर्ने बताउनुभयो । मानव अधिकारकर्मी दमननाथ ढुङ्गानाले नेपाली नागरिकले लोकतन्त्र ल्याउनका लागि दिएको बलिदानको अर्थपूर्ण भए मानव अधिकारको दृष्टिकोणले राम्रो हुने बताउनुभयो ।
महाभेलाका संस्थापक अध्यक्ष चरण प्रसाईले नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउनुपर्ने जरुरी भएको र त्यसका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महाभेलाका संयोजक रोशना खड्काले मानवअधिकार रक्षामैत्री समाजको परिकल्पनाका लागि ऐक्यबद्धता र प्रतिबद्धता जनाउँदै महाभेलामा सहभागी सङ्घ संस्था, व्यक्ति, अतिथि सबैप्रति आभार व्यक्त गर्नुभयो ।

महाभेला सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने तयारी छ । त्यसमा सक्रियतापूर्वक सहभागिता जनाउन पनि संयोजक खड्काको आग्रह छ । यस वर्ष मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान– २०७८ बाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई र मानवअधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७७ बाट भद्रमान घलेलाई सम्मान गरियो ।

त्यस्तै, पद्मरत्न तुलाधर राष्ट्रिय मानवअधिकार तथा शान्ति पुरस्कार– २०७८ बाट डा रेणु अधिकारी, सोही पुरस्कार २०७७ बाट मानव अधिकारकर्मी दमननाथ ढुङ्गाना, शान्तिलक्ष्मी महिला मानवअधिकार पुरस्कार–२०७८ मुस्कान खातुन र सोही पुरस्कार २०७७ बाट सपना रोका मगरलाई प्रदान गरिएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण पुरस्कार घोषणा मात्रै गरिएको हुनाले यस वर्ष वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com