ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध सुर्खेत अदालतमा मुद्दा दायर


एबीसी / संवाददाता

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिरादपत्र दायर गरेको हो । फिरादपत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच विसं २०७७ असोज ४ गते विज्ञापन कर सङ्कलन गर्ने सम्झौता भएको थियो । सहारा निर्माण सेवाका सञ्चालक दशरथ चन्दले बारम्बार ताकेता गर्दासमेत कर नबुझाएपछि अदालतमा मुद्दा दायर गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार होर्डिङ बोर्ड राखेवापत रु एक लाख ५० हजारमात्र विज्ञापन कर सङ्कलन भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ९घ० १ मा विज्ञापन प्रयोजनका लागि राखिएका होर्डिङ बोर्डबाट सम्बन्धित स्थानीय तहले कर उठाउन पाउने उल्लेख छ । सोही प्रावधानअनुसार वीरेन्द्रनगर नगरपालिकाले कर सङ्कलनको जिम्मेवारी उक्त कम्पनीलाई दिएको थियो । नगरपालिकाले पनि ती २६ कम्पनीलाई तत्काल कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो । फिरादपत्रमा मुलुकी देवानी संहिता २०७४ को दफा ४९४, ४९५, ६६९ बमोजिम विपक्षीबाट पाउनुपर्ने राजश्व रकम असुल गर्न नसकी क्षति हुन गएकाले सो रकम क्षतिपूर्ति भराइदिन माग गरिएको छ । अदालतले असोज ५ गते उपस्थित हुन विपक्षी कम्पनीलाई पत्र पठाएको छ ।

विपक्षी बनाइएका कम्पनीमा हिम इलेक्ट्रोनिक्स प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि, बर्जर पेन्टस् नेपाल बर्जर एण्ड निकोल्सन, नारायणी स्टिल प्रालि, घोराही सिमेन्ट इन्डष्ट्री प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, जन्सा कार्पेट आशी इण्डष्ट्रिज, विश्वकर्मा सिमेन्ट प्रालि, एशियन थाइ फुड्स प्रालि, मङ्गलम इण्डष्ट्रिज प्रालि, एनसेल एक्जियटा लिमिटेड, लिक्कियर वल्र्ड, बोटलर्स नेपाल लिमिटेड, यति बु्रअरी प्रालि रहेका छन् । त्यस्तै अम्बे स्टिल्स प्रालि, जस्मिन पेन्टस् प्रालि, टाटा पेन्टस् एण्ड केमिकल इण्डष्ट्रिज प्रालि, वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेड, सिजी फुड्स नेपाल प्रालि, होंशी शिवम सिमेन्ट प्रालि, आइएमई डिजिटल सोलुसन, इसेवा फोनपे प्रालि, सर्वो लुब्रिकेन्ट एचएच नेपाल, हंशराज हुलाशचन्द एण्ड कम्पनी लिमिटेड प्रालि, शुभमश्री अग्नि सिमेन्ट उद्योग, गोयन्का स्टिल प्रालि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com