ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई निलम्बन गरी कारबाही थाल्न सांसदको माग (यस्तो थियो अध्यक्षको चलखेल)


एबीसी / संवाददाता
भाद्र ४, २०७८ शुक्रबार  २ : ०१ बजे

 

काठमाडौं,४ भदौ । साँसदहरुले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई निलम्बन गरी कारबाही थाल्न माग गरेका छन् । शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका हुन । शुक्रबार संसदको अर्थसमितिमा सहभागी सांसदहरूले अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो माग गरेका हुन् ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्ने बताए । ‘पूर्व न्यायाधीश नै त भन्दिन, माथिल्लो लेभलबाट छानबिन अनुसन्धान हुनुपर्छ’ उनले भने । यस्तै सांसद रामबहादुर यादवले व्यक्ति दोषी देखिएको भन्दै तत्काल निलम्बन गरेर छानबिन हुनुपर्ने बताए । सर्वोत्तम सिमेन्टको सेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरीको नाममा किनेको भेटिएको छ ।नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि श्रीमतीको नाममा सेयर किनेका छन् । नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताए ।सांसद सत्या पहाडीले पूर्व सरकारले गरेका नियुक्तिहरुमा कमजोरी रहेको र अन्य पनि विस्तारै खुल्दै जाने बताइन् । दोषीलाई कारबाही नहुने भए यसले गलत संस्कार बस्ने उनको भनाई छ ।

सांसद रामकुमारी झाक्रीले बोर्डका कर्माचारीहरुले नै धितोपत्र बोर्ड अध्यक्षका विषयमा धेरै प्रश्न उठाएकाले यसलाई सामान्य रुपमा लिन नहुने बताइन्। उनले यसमा संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्नुपर्ने बताईन ।

यस्तो थियो भित्री रहस्य

नियामक निकायका प्रमुखहरुले सूचीकृत हुन लागेको सर्वोत्तम सिमेन्टको शेयर ओभर दी काउण्टर (ओटीसी) बजारबाट खरिद गरेको दस्तावेज बाहिर आएको थियो । नियामक निकायका प्रमुखका आफन्तलाई ओटीसी मार्केटबाट शेयर बिक्री गर्ने सम्बन्धमा सर्वोत्तम सिमेण्टको सञ्चालक समितिले निर्णय गरेको कागजात फेला परे थियो ।

कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार ३५ वटा कारोबार ओटीसी मार्केटबाट गर्दै शेयर स्वामित्व विभिन्न व्यक्तिको नाममा हस्तान्तरण भएको छ । उक्त निर्णयका आधारमा सर्वोत्तमले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लागत कायम गराएको हो ।

जस अनुसार कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले ४ जनालाई बेचेर एक जनाबाट फेरी शेयर खरिद गरेका छन् । यस दौरान उनले धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालका भाई हेमराज ढकालको नाममा २ लाख कित्ता शेयर बिक्री गरेका छन् । नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकालले न्यौपानेबाट २ लाख कित्ता शेयर खरिद गरेको र सो विषयलाई सञ्चालक समितिले अनुमोदन गरेको छ ।

त्यसै गरी बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाकी छोरी रेबिका ढुङ्गानालाई १० हजार, नेप्से प्रमुख चन्द्रसिंह साउदकी श्रीमति शुशीला कुमारी बोहोरालाई १० हजार, विष्णु न्यौपानेलाई १० हजार कित्ता शेयर शिखा अग्रवालले बिक्री गर्ने सम्बन्धमा पनि कम्पनी सञ्चालक समितिको बैठकले सर्वसम्मत निर्णय गरेको दस्तावेजले देखाउँछ ।

सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयरवालाको दर्ता किताबमा रेबिका ढुंगानाको नाममा रहेको शेयर ।

आफुलाई नियामक निकायका व्यक्तिको नाममा शिखा अग्रवालले शेयर बेचेको थाहा नभएको र सञ्चालक समितिमा नियामक निकायका व्यक्तिलाई शेयर बिक्री गर्न नहुने विषय प्रवेश गरेको कुरा बाझिए पछि शेयर कारोबारका दौरान गलत नियत राखेर काम भएको अनुमान गर्न सकिन्छ ।

सञ्चालक समितिको कुनै एउटा बैठकमा भएको यो माइन्युटमा हेमराज ढकालले २ लाख कित्ता शेयर खरिद गरेको, भिष्मराजकी छोरी रेबिका र साउद श्रीमती बोहोराको नाममा दश दश हजार कित्ता शेयर मात्र बिक्री भएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको शेयर लागतमा बोनस पछि शेयर संख्या बढेको देखिन्छ । जस अनुसार आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरपछि साउदकी श्रीमती सुशीला कुमारी बोहरा र ढुंगानाको अमेरिका बस्ने छोरी रेबिकाको नाममा रहेको शेयर संख्या समान ११ हजार ९१२ पुगेको छ । ढकालको नाममा शेयर दर्ता पुस्तिकामा १ लाख १९ हजार कित्ता शेयर कायम भएको देखिन्छ ।

अझ बजारलाई प्रभावित बनाउन सक्ने सबै जसो व्यक्तिहरुका नाममा पटक पटक शेयर नामसारी हुनुले कम्पनीले शेयरको मूल्य निर्धारण गर्ने गराउने क्रममा स्वार्थ लिन पहल गरेको सञ्चालक समितिको बैठकको निर्णयमा उल्लेखित नयाँ शेयरधनीको सूची हेर्दा प्रष्ट हुन्छ ।

उक्त सूचीमा नेपाल उद्योग वाणिज्य महासंघको पूजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले विष्णु न्यौपाने, दुर्गा प्रसाद न्यौपाने र तेन्जिङ लाक्देन तामाङबाट गरी १ लाख ५० हजार कित्ता शेयर खरिद गरेको देखिन्छ ।

त्यसै गरी सिटि एक्सप्रेस फाइनान्सका चन्द्र टण्डनलाई १ लाख कित्ता, दिपक मल्होत्रालाई ७५ हजार कित्ता, कमलेश कुमार अग्रवाललाई २० हजार कित्ता, अनन्त पौडेललाई १ लाख कित्ता, अनलराज भट्टराईलाई १० हजार कित्ता शेयर खरिद गर्न स्वीकृति दिने निर्णय पनि उक्त सञ्चालक समितिको बैठकले गरेको थियो ।

कम्पनीका शेयरधनीहरुले मिलेर बजार सम्बद्ध व्यक्तिहरुलाई सस्तो मूल्यमा शेयर बिक्री गर्ने गराउने र त्यसको प्रभावमा सार्वजनिक निष्काशनका बेला शेयरको मूल्य धेरै कायम गराउने खेल भएको बुझ्न सकिन्छ ।

उल्लेखित विबरणहरुमा शेयर बिक्री गर्ने निर्णय अनुमोदन गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम गराउन पठाउने मात्र उल्लेख भएको देखिन्छ । तर नियामक निकायका प्रमुखहरुलाई शेयर बेचिएको हो वा प्रभावमा पार्नका लागि गोल्डेन शेयरका रुपमा नामसारीको निर्णय मात्र गरिएको हो भन्ने तथ्य भने कारोबारका दौरान एकको बैंक खाताबाट अर्कोको बैंक खातामा रकमान्तर भएको कागजातका आधारमा मात्र निक्र्यौल गर्न सकिन्छ ।

गोल्डेन शेयर दिएको हुन सक्ने आशंका धेरैले गरिरहेको सन्दर्भमा यस किसिमको अनुसन्धान नहुने हो भने यस अघि पनि धितोपत्र बोर्डमा शेयर निष्काशनको स्वीकृतिका क्रममा हुने गरेको चरम आर्थिक अनियमितताको विषयका सम्बन्धमा ठोस धारण बन्न सक्ने छैन । जसले आगामी दिनमा बोर्डप्रतिको धारणा सँधै नकरात्मक बनिरहिरहने छ ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष न्यौपानेले सबै क्षेत्रको प्रतिनिधित्व गराउन आग्रह नै गरेर आफुले शेयर बिक्री गरेको र नियामक निकायका प्रतिनिधिले भने आफैंले बिचार गरेर शेयर खरिद गरेको बताए । नियामक निकायका व्यक्तिलाई शेयर किन्न आफुहरुले अफर नगरेको उनको दाबी थियो । साथै नियामक निकायका व्यक्तिलाई शेयर बेचेर कम्पनीले कुनै फाइदा लिन नसक्ने बताएका उनले अरु क्षेत्रको सहभागिताले कुनै न कुनै रुपमा कम्पनीलाई सकरात्मक असर पार्ने बताएका थिए ।

ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनलाई २०७६ सालमा सरकारले धितोपत्र बोर्डको चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिशमा ढुंगानाले अध्यक्ष पद हात पारेको चर्चा चलेको थियो।

तर, बुक बिल्डिङ मार्फत महँगो मूल्यमा शेयर निष्कासन गर्न लागेको कम्पनीका बारेमा शुरूमै सूचना भएका अध्यक्ष ढुंगानाले छोरी मार्फत शेयर किन्नुले भित्री कारोबार गरिएको अर्थ्याउने धितोपत्र कानूनका एक जानकारले बताए। “यो सरासर भित्री कारोबार हो, यसमा तलमाथिको कुनै प्रश्नै छैन,” उनले भने।

धितोपत्र ऐनको दफा ९१ ले भित्री कारोबारका सम्बन्धमा व्याख्या गर्दै ‘कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भन्ने व्यवस्था गरेको छ।

धितोपत्र बजारका विज्ञ अधिवक्ता अमृत खरेलले निष्कासन गर्न लागेको कम्पनीका विषयमा सूचना हुने व्यक्तिको तीन पुस्तासम्मले शुरूमै शेयर किन्नु आचारसंहिताको हिसाबले अनैतिक मात्र नभई भित्री कारोबार नै भएको बताए। “निष्कासन भइसकेको वा हुन लागेको कम्पनीको भित्री सूचना हुने धितोपत्र बोर्डका सदस्य वा कर्मचारीले त्यस्तो गरिएको भेटिए उनीहरूमाथि छानबिन आवश्यक हुन्छ,” उनले भने।

संस्थागत लगानीकर्ताहरुको बहुमत संख्या आफ्नो पक्षमा पार्ने र शेयरको प्रिमियम मूल्य ७५० रुपैंया हाराहारीमा नै कायम गराउने पक्षमा सर्वोत्तम सिमेन्ट रहेको छ । यस दौरान केही संस्थागत लगानीकर्ताहरुले आफ्नो आवाजलाई दबाउनका लागि बहुमत संख्यामा संस्थागत लगानीकर्ताहरुलाई आफ्नो पक्षमा लिएको र आफुहरु लगानी गर्ने कि नगर्ने भन्ने अवस्थामा पुगेको केही संस्थागत लगानीकर्ताहरुले बताएका छन् ।

यस्तो अवस्थामा नियामक निकाय, बजार सम्बद्ध व्यक्तिहरुको ठुलो जमातलाई पहिले नै २५० रुपैंयाको दरमा शेयर किनाएर कम्पनीको पक्षमा लबिङ गराउने अस्त्रका रुपमा कारोबार गराइएको हुन सक्ने ती संस्थागत लगानीकर्ताहरुको बुझाई छ ।

विभिन्न सूचीकृत कम्पनीहरुमा अध्यक्षदेखि सञ्चालक तथा मुख्य लगानीकर्ताका रुपमा रहेका चन्द्र प्रसाद ढकालले दोहोरो भूमिकामा बस्न नमिल्ने सम्बन्धमा पनि बहस सुरु भएको छ । यस क्रममा उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक बनेका उनले आफ्ना भाईको नाममा सर्वोत्तमको शेयरमा करोडौं रुपैंया लगानी गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७६/७७ मा रू।७७ करोड ७६ लाख नाफा कमाएको थियो। सोभन्दा अघिल्लो आर्थिक वर्ष यसको नाफा रू।१ अर्ब १७ करोड १७ लाख थियो। अध्यक्ष न्यौपानेका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ मा यसको खूद नाफा सवा अर्ब हाराहारीमा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com