ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साझा कार्यक्रमको मस्यौदा तयार: अन्तिम रुप दिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने


एबीसी / संवाददाता
श्रावण १९, २०७८ मंगलबार  ८ : ४३ बजे

काठमाडौं, १९ साउन । सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले बुँदागत रुपमा मस्यौदा तयार पारेको हो । मस्यौदामाथि आज पनि छलफल हुने कार्यदलका सदस्य केशवराज जोशीले जानकारी दिनुभयो । मस्यौदाको अन्तिम टुङ्गो लागेपछि मात्रै सार्वजनिक गर्ने तयारी छ । गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरी सरकारको न्यूनतम साझा कार्यक्रम बनाएको हो ।कार्यदलमा कांग्रेसका मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव हुनुहुन्छ । सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायतका विषयमा कार्यदलले आवश्यक खाका तय गर्नेछ ।

देउवा नेतृत्वमा सरकार गठन भएको तीन हप्ता हुनै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। बालुवाटारमा शीर्ष नेताहरुबीच हिजो भएको छलफलमा साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।केही दिनभित्रै साझा न्यूनतम कार्यक्रम ल्याउने र त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनका दलहरुबीच सहमति भएको हो ।

मन्त्री छनोटदेखि संवैधानिक तथा राजनीतिक नियुक्तिसम्मका लागि साझा कार्यविधि तयार पारिएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठकले छिट्टै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न पहल गरेको भए पनि गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट मन्त्री बन्ने सबैको नाम तय हुन सकेको छैन ।
एमाले नेता माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com