काठमाडौँ, १० साउन । जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका छन् । पार्टीको आधिकारिकता विवाद समाधानका लागि भन्दै उनीहरु आयोग पुगेका हुन् । निर्वाचन आयोगले पार्टी एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका हुन् । सनाखतका लागि आयोगमा दाबीकर्ता उपेन्द्र यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई अलग–अलग ठाउँ तोकिएको छ । जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो ।








प्रतिक्रिया दिनुहोस्