ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवाबाट सबै नेपालीलाई कोरोना खोप पूरा गरी छाडने प्रतिवद्धता व्यक्त


एबीसी / संवाददाता
श्रावण ८, २०७८ शुक्रबार  ५ : १४ बजे

काठमाडौं, ८ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिवद्धता जनाउनु भएको हो । “कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नेपालीलाई कोरोना खोप पु¥याउन गरेको बाँचा पूरा गरि छाडने छु । हामी ऋण लिएर जति महंगो भएपनि नेपाली जनतालाई कोरोना खोप पु¥याउने छौं । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो बाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु ।”

नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यस बीचमा सत्ता साझेदार दलहरुसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सार्नु भयो । पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेताहरुसँग छलफल गरेर जनताले अनुभूति गर्ने खालका कामहरु गरेर देखाउनु उहाँको भनाई थियो ।

प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्ष समेत रहनु भएका एमाले संसदीय दलका नेता सुवाष नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप समेत लगाउनु भयो । संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढि थाहा भएपनि उहाँले त्यसको व्याख्या गलत ढंगले गरेको प्रधानमन्त्री देउवाको तर्क थियो । उहाँले भन्नु भयो, “विपक्षी दलका नेता हुुनुहुन्न । पूर्व सभामुख नेम्वाङपनि आफूले बोलेको जवाफ नसुनि हिँडनु भयो । त्यो संविधानमा ७५ (५) किन लेख्नु भयो ? भनि प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नु भएको थियो भने–अव कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानु भयो ।”

प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरुलाई ह्वीप नलगाएको दावी समेत गर्नु भयो । “पार्टीको पक्षमा मतदान गर्न मैले एमाले लगायतका सबै दललाई अनुरोध गरेको हुँ ।” प्रधानमन्त्री देउवाले भन्नु भयो, “तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर नेम्वाङले उल्टो कुरा गर्नु भयो ।” त्यस अवसरमा उहाँले आफूलाई विश्वासको मत दिने सबैै सांसदहरुलाई धन्यवाद समेत दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com