ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शनिवार देखि मध्यम र लामो दूरीको यातायात संचालनमा : लाग्यो यस्तो नयाँ नियम


एबीसी / संवाददाता
श्रावण ८, २०७८ शुक्रबार  ४ : १० बजे

काठमाडौ । शनिवार देखि मध्यम तथा लामो दुरीको सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । गृहमन्त्रालयले लामो दुरीको यातायात संचालनमा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पठाएको छ । मन्त्रीपरिषदकै निर्णयमा यस्तो निर्देशन दिइएको हो । तर यात्रुले केही नियम भने पालना गर्नुपर्नेछ । यात्रुले पहिले नै टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ । साथै स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्नेछ ।

विश्वविद्यालय र लोक सेवा आयोगका परीक्षा कार्यक्रम सञ्चालन भएसँगै मध्यम र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरेको छ । गृहमन्त्रालयको निर्देशन अनुसार सिडियो कार्यालयले यस्तो सूचना जारी गरेपछि संक्रमण दर बढ्दै गएका कारण उनीहरु अलमलमा परेका छन् ।

साउन १० सम्म निषेधाज्ञा लम्ब्याइएपनि लोकसेवा र विश्वविद्यालयका परीक्षाको विभिन्न समय, मिति सार्वजनिक भएकाले आवागमनलाई मध्यनजर गर्दै मध्यम तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न प्रशासनले सूचनामार्फत भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com