ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्रको जग राख्ने दूरदर्शी नेता पुष्पलाल


एबीसी / संवाददाता

काठमाडौँ, साउन ७ गते । कलकत्ताको श्यामबजारस्थित नवीन गल्लीको एउटा पुरानो घरमा लेनिन जयन्तीको सन्दर्भ पारेर सन् १९४९ अप्रिल २२ (२००६ साल वैशाख १० गते) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ वर्ष भइसकेको छ ।

वि।सं। २००७ को जनक्रान्तिमा मुक्ति सेनाका रूपमा भाग लिनुभएका लक्ष्मीभक्त उपाध्याय लम्साल २००८ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा समाहित हुनुहुन्छ । यसबीचमा लामो समय पुष्पलालसँगसमेत सहकार्य गर्नुभएका उपाध्याय भन्नुहुन्छ, “पुष्पलालकै संयुक्त जनआन्दोलनको कार्यदिशाबाट मुलुकमा महìवपूर्ण परिवर्तन भएकाले प्राप्त उपलब्धिको रक्षा र विकासका लागि समेत वाम तथा प्रजातान्त्रिक शक्तिबीचको समन्वय, सन्तुलन र एकता आवश्यक हुन्छ ।”

शिक्षित युवापुस्तामा मौलाएको राणा विरोधी भावना, छिमेकी मुलुकमा फैलिएको लोकतन्त्र र स्वतन्त्रताप्रतिको चाहना, अनि मुलुकभित्र सामाजिक, आर्थिक शोषण र असमानताविरुद्धका जनसङ्घर्षलाई सङ्गठित पार्दै पुष्पलालले पहिलो पटक २००५ सालमा माक्र्स र एङ्गेल्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नुभएको थियो । घोषणापत्र अनुवादसँगै पुष्पलालले नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्दै श्रमजीवी वर्ग, समुदाय, पिछडिएका जाति र जनताको मुक्तिको जग राख्नुभएको उपाध्यायको भनाइ छ । माक्र्सवादी दृष्टिकोणबाट नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताका रूपमा समेत पुष्पलाललाई लिइन्छ ।

नेपालमा पञ्चायती व्यवस्था अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशालाई पुष्पलालले नै अगाडि बढाउनुभएको थियो । नेपाली राजनीतिमा दूरदर्शी नेताका रूपमा यतिबेला पुष्पलालको योगदान बिर्सन नहुने उहाँको भनाइ छ  ।
पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मनुभएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उहाँको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो । पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चनुभएको इतिहास छ ।
वि।सं। २०१७ पुस १ गते राजा महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्नुहुने दूरद्रष्टा पनि हुनुहुन्छ, पुष्पलाल । जसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन हासिल गरेको छ ।

पुष्पलाललाई सम्झँदै वामपन्थी नेता एकलाल श्रेष्ठ भन्नुहुन्छ ‘‘राजनीति जालझेलको विषय होइन, वास्तविक वस्तुस्थितिको आधारमा गरिने वर्गीय विश्लेषणको निचोड हो ।’’ यद्यपि, नेपाली राजनीतिको पछिल्लो परिस्थिति नियाल्दा कम्युनिस्टले वर्गीयभन्दा जातीय र क्षेत्रीय विश्लेषणका आधारमा आफ्ना नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले राजनीतिक स्थिरता कायम नहुँदा उद्योगी व्यवसायीको मनोबल खस्किएको तर राजनीतिक समस्याका बीच पनि आर्थिक वृद्धि हासिल हुन सक्ने बताउनुभयो । वर्तमान कर तथा राजस्व नीतिहरू सकारात्मक रहेको र आगामी मौद्रिक नीतिले निजी क्षेत्रको आवश्यकता सम्बोधन गरेमा अर्थतन्त्र उकास्न सहज हुने उहाँले अपेक्षा गर्नुभयो ।
परिसङ्घका पूर्वअध्यक्ष विनोद चौधरीले आर्थिक क्षेत्रको विकासका लागि वर्तमान सरकारले पहल गर्नुपर्ने बताउँदै सरकारले यो अवसरलाई सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली काँग्रेसको सरकार आएपछि २०४८ सालदेखि अनुशरण गरिएको उदारीकरणका प्रयासलाई अझै फैलाएर अर्थतन्त्रलाई उच्च स्तरमा पु–याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com