ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१७ मा सर्वाधिक कमाउने पुस्तकहरु


admin

काठमाडौ, १६ पुस । विश्वभरीमा अन्य वर्ष जस्तै यस वर्ष पनि हजारौ पुस्तकहरु प्रकाशित भए । कुनै पुस्तकले राम्रो कन्टेटको कारणले चर्चा पाए भए भने कयौ पुस्तकले विक्रि संगै राम्रो आम्दानी पनि गरे ।

बेलायतको ‘द गार्जियन’ पत्रिकाले यस वर्ष सकिनै लाग्दा सन् २०१७ मा सबैभन्दा धेरै विक्रि भएको पुस्तकको सूची सार्वजनिक गरेको छ । सूचीमा नयाँ पुराना लेखक र उनीहरुका रचनाहरु समावेश भएको छ ।

गार्जियन पत्रिकाले सार्वजनिक गरेको सूचीकोे पहिलो स्थानमा लेखक जेमी ओलिभरको पुस्तक ‘फाइभ इन्ग्रेडियन्स– क्विक एन्ड इजी फुड’ परेको छ । उनको यो पुस्तकको व्यापार १८ करोड ६२ लाख पाउन्ड बराबरको रहेको छ । प्रतिकपि २६ पाउन्ड मूल्यको उक्त पुस्तक ७ लाख १६ हजार ७१ कपि बिक्री भएको छ । पुस्तक २४ अगस्ट २०१७ मा प्रकाशित भएको थियो ।

त्यस्तै डेभिड विलियम्सको पुस्तक ‘ब्याड ड्याड’ सूचीको दोस्रो स्थानमा रहेको छ । गार्जियन पत्रिकाको अनुसार उक्त पुस्तकले ७३ लाख ७६ हजार पाउन्डको कारोबार गरेको छ । गत नोभेम्बर २ मा प्रकाशित भएको सोे पुस्तक ५ लाख ६८ हजार कपि बिक्री भएको थियो ।

सूचीको तेस्रो स्थानमा सरी लपेनाको ‘द कपल नेक्स्ट डोर’ रहेको छ । कुल ४ लाख ४ हजार कपि बिक्री भएको पुस्तकको मूल्य ७।९९ पाउन्ड रहेको छ । सो पुस्तक अप्रिल महिनामा प्रकाशित भएको थियो ।

सूचीको चौथो स्थानमा डेभिड विलियम्सकै ‘द वल्र्डस् वोस्र्ट चिल्ड्रेन– २’ रहेको छ । विलियम्सले सो पुस्तक २५ मेमा प्रकाशित गरेका थिए । पुस्तकको ३ लाख ९४ हजार कपि विक्रि भएको छ । प्रतिपुस्तक १४।९९ पाउन्ड मूल्य कायम गरेको पुस्तकले ९५ लाख १० हजार पाउन्डको कारोबार गर्यो ।

बजार मूल्य २० पाउन्ड कायम गरिएको डान ब्राउनको ‘ओरिजिन’ पुस्तकले पनि निकै राम्रो कारोबार गर्यो । उक्त पुस्तकले ७४ लाख ७४ हजार पाउन्डकै कारोबार गर्दा लि चाइल्डको पुस्तक ‘नाइड स्कुलले पनि २५ लाख १५ हजार पाउन्डको कारोबार गर्यो । ७।९९ पाउन्ड मूल्य कायम भएको उक्त पुस्तक ३ लाख ४१ हजार ८ सय कपि बिक्री भएको हो ।

सन् २०१७ मा गिनेज वल्र्ड रेकर्डस्ले पनि पुस्तक सार्वजनिक गर्यो । ‘गिनेज वल्र्ड रेकर्डस् २०१८’ नाम रहेको पुस्तकले ६१ लाख ४६ हजार पाउन्डको कारोबार गर्न सफल रह्यो । २० पाउन्ड मूल्य कायम भएको उक्त पुस्तक ३ लाख १ हजार कपि बिक्री भएको थियो ।

त्यस्तै, यूभल नोहा हरारीको पुस्तक ‘सपिन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइन्ड’ले १३ लाख ३५ हजार पाउन्ड, जेफ किन्नीको पुस्तक ‘डायरी अफ अ किडः द गेट वे’ले ३५ लाख ३८ हजार पाउन्ड तथा फिलिप पुलम्यानको पुस्तक ‘द बुक अफ डस्ट भोल्युम वानः ला बेली’को कारोबार ५२ लाख २८ हजार पाउन्डको कारोबार गर्यो ।

वर्ष २०१६ मा ५२ वर्षीय लेखिका जेके रोलिङको पुस्तक ‘ह्यारी पोर्टर एन्ड क्युयर्ड चाइल्ड प्लेस्कृप्ट’ सर्वाधिक बिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com