ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीलाई केही पनि होइन भनेर नहेप्न प्रचण्डको चेतावनी


एबीसी / संवाददाता

काठमाडौं, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केही पनि होइन भनेर नहेप्न चेतावनी दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आगोसँग खेल्ने काम त्यति राम्रो नहुने भन्दै माओवादीलाई हेप्न र अपमानित गर्न थालेमा आगो फेरि सल्किन सक्ने चेतावनी दिनुभएको हो । उहाँले भारतीय जासुसी संस्था रअ प्रमुख सामंत गोयल र तत्कालीन प्रधानमन्त्री ओलीबीच बालुवाटारमा मध्यराति भएको भेटपछि अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै गोहीको आँशु नबगाउन सुझाव दिनुभयो ।

अदालतले संविधानको मर्म र भावनाअनुरूप प्रतिनिधि सभा पुनर्स्थापना गरेको उहाँको भनाइ छ । प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु आश्चर्यजनक रहेको पनि बताउनुभयो । ओली पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा अनुपस्थित भएकोबारेमा पनि प्रश्न उठाउनुभएको छ । भिन्न मतलाई स्वीकार्न सक्ने आँट ओलीसँग नभएको पनि प्रचण्डले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com