काठमाडौं, ३ असार । सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधि सभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थिति हुनुभएको छ । सर्वोच्च अदालतबाट असार २८ गते प्रतिनिधि सभा पुनस्स्थापना भएसँगै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लाग्नुभएको छ । यसअघिको पुन स्थापित प्रतिनिधि सभामा पनि ओली बस्नुभएको थिएन । बैठक बस्नुअघि र पछि संसद् भवनमा आए पनि उहाँ बैठकमा बस्ने गर्नुभएको थियो । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्