ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैलेजस्तो अमानवीय अवस्था अरूले भोग्न नपरोस्! : विष्णु रिमाल


एबीसी / संवाददाता
श्रावण १, २०७८ शुक्रबार  ७ : २५ बजे

काठमाडौं, १ साउन ।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले जिम्मेवारीबाट बिदा लिनुभएको छ । बिहीबार वक्तव्य जारी गर्दै उनले नयाँ सरकार गठन भएसँगै आफूले मुख्य सल्लाहकार पदबाट बिदा लिएको जानकारी दिनुभएको हो । ४० महिनाभन्दा बढी मुख्य सल्लाहकार भएर काम गर्दा आफूले आफूसँग कुनै साइनो–सम्बन्ध नभएका अफवाहको सिकार पनि हुनुपरेको उहाँले गुनासो गर्नुभयो । साथै यस्तो अमानवीय अवस्थाको सिकार अरूले हुन नपरोस् भनेर उनले कामनासमेत गर्नुभएको छ । ‘शासन सत्तामा संलग्नहरू अडानमा रहँदा उनीहरूलाई कमजोर पार्न परिवारका सदस्यहरूमाथि निसाना साँध्ने कथा यदाकदा सुनेकै हो। तिनका परिवारजनहरू एउटा नीति कथामा बाघले ‘पाठाको सिकार’ गर्न ‘तैंले नभए तेरो बाबुले पानी धमिल्याएको होला…..’ भनेझैं आफूसँग कुनै पनि साइनो–सम्बन्ध नभएको अफवाहका सिकार बनाइँदारहेछन्,’ रिमालले भन्नुभएको छ, ‘योजनाबद्ध ढंगले सोसल मिडिया तथा अनलाइनहरूमार्फत चलाइएका यस्तै अफवाहहरूबाट म आफू आक्रान्त हुन परे पनि ममाथि लक्षित आक्रमणमा संलग्नहरूले मात्र हैन, कसैले पनि त्यस प्रकारको अमानवीय अवस्थाको सामना गर्न नपरोस्, कामना गर्दछु।’

वक्तव्य जस्ताको तस्तै–

हार्दिक आभार,
सम्मानित सर्वोच्च अदालतको परमादेशबाट २०७८ असार २९ गते नयाँ सरकारको गठनसँगै सम्माननीय प्रधानमन्त्रीको मुख्य सल्लाहकारको जिम्मेवारीबाट बिदा भएको छु। दोस्रोपटक यस जिम्मेवारीमा १,२३७ दिन अर्थात् ४० महिनाभन्दा बढी काम गर्ने मौका पाएँ। राजनीतिमा संलग्न मजस्ता जो कोहीका लागि पनि यो अवसर शासन प्रणाली तथा सरकार सञ्चालनका कतिपय विषयमा जान्ने, बुझ्ने र गच्छेले भ्याएसम्म योगदान गर्न विरलै प्राप्त हुने क्षण थियो। यस्तो महत्वपूर्ण भूमिकामा मलाई योग्य ठानी मौका दिनुभएकोमा म पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु।

यो जिम्मेवारी एउटा ‘राजनीतिक नियुक्ति’ मात्रै नभएर आफैंमा एउटा सार्वजनिक पद थियो। त्यसैले जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त प्रशंसा होस् वा आलोचना दुवैलाई मैले सहज ग्रहण गरें। यद्यपि वैचारिक वा दलीय आबद्धताका कारणले कतिपय सन्दर्भमा तथ्यबाट धेरै पर गएर गरिएका अस्वस्थ आक्रमण र अभद्र टिप्पणीले भने मलाई पनि अरूहरूलाई झैं नमिठोसँग घोचिररहे।

आफ्नो ‘शीरमाथिको आकास’ ओगेट्ने क्रममा नेपाल सरकारका मुख्य सचिवदेखि सचिव तथा समग्र कर्मचारी साथीहरू, सुरक्षा निकाय अनि संवैधानिक अंगका जिम्मेवारहरूबाट प्राप्त साथ र समझदारी सदा स्मरणीय रहनेछन्। म उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।

प्रधानमन्त्री संस्थासँग जोडिएका निजी सचिवालय, स्वकीय सचिवालय र सल्लाहकार तथा विज्ञ समूहको फरकफरक सीमा र भूमिका हुने विषय स्पष्ट पार्न मैले पटकपटक प्रयास गरें। ‘सञ्चार सीप’मा रहेको कमीका कारणले हुनसक्छ– फेरि पनि धेरैभन्दा धेरै पार्टीका साथीहरू, विद्वत् वर्ग तथा आम नेपाली दिदीबहिनी-दाजुभाइहरूले सम्माननीय प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष संवाद गर्न आफ्ना माग तथा गुनासा राख्न मलाई माध्यम बनाउन खोज्नुभयो। तर मेरो सीमाभन्दा बाहिरका परिस्थितिजन्य कारणबाट फेरि पनि कहीं कतै असुविधा पुगेको भए म दुःखी छु।

हामीले पटकपटक ‘ढलेको सरकार दामी र बितेका नेता नामी’ ठान्ने प्रचलन देख्दै-भोग्दै आएका छौं। हाम्रो नेतृत्वको सरकारले कति काम गर्यो, गरेन ? गर्न सक्यो वा सकेन……यी विषयमा बहस होलान्। विश्लेषण गरिएलान्। यस सन्दर्भमा मेरो यत्ति मात्र भनाइ छ– चालिस महिना पहिलेको हाम्रावरिपरिका परिवेश हेरौं। तपाईं-हाम्रा सहररबस्तीमा भूकम्पले लडाएका संरचना उस्तै छन् या निर्माण भएरु सडक-राजमार्गहरूका हालत उस्तै छन् वा फेरिएरु खेतीपाती र सिँचाइ, खानेपानी र सरसफाइका अवस्था जहाँको तहीँ छन् या फेरिएरु ज्यालाजीवीहरूको पारिश्रमिक जहाँको तहीँ रहे वा वृद्धि गरिए? सामाजिक संरक्षणका कामहरू उकाले लागे या ओह्रालो लागेरु चालिस महिनाको अवधिमा १३/१४ महिनापछि सत्ताधारी दलभित्र सुरु गरिएको कचिङ्गल र कचिङ्गलबीच ‘देशभित्र र बाहिर’बाट सिर्जित अवरोध, निजी स्वास्थ्यसँग पनि जुझ्दै, कोभिड महामारीसँग पनि लड्दै एउटा प्रधानमन्त्रीले यस अवधिमा गर्न सक्ने काम कति हुन सक्थ्यो होलारु।।।विनापूर्वाग्रह एकचोटि स्मरण गर्नुहोस्, अनि ‘ताली वा गाली’ के गर्नुपर्ने हो, गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु।

शासन सत्तामा संलग्नहरू अडानमा रहँदा उनीहरूलाई कमजोर पार्न परिवारका सदस्यहरूमाथि निसाना साँध्ने कथा यदाकदा सुनेकै हो। तिनका परिवारजनहरू एउटा नीतिकथामा बाघले ‘पाठाको सिकार’ गर्न ‘………तैंले नभए तेरो बाबुले पानी धमिल्याएको होला……’ भनेझैं आफूसँग कुनै पनि साइनो–सम्बन्ध नभएका अफवाहका सिकार बनाइँदारहेछन्। योजनाबद्ध ढंगले सोसल मिडिया तथा अनलाइनहरूमार्फत चलाइएका यस्तै अफवाहहरूबाट म आफू आक्रान्त हुन परे पनि ममाथि लक्षित आक्रमणमा संलग्नहरूले मात्र हैन, कसैले पनि त्यस प्रकारको अमानवीय अवस्थाको सामना गर्न नपरोस्, कामना गर्दछु।
धन्यवाद,,,,

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com