काठमाडौं, ३१ असार । सरकार सञ्चालन, मन्त्रालयको भागबण्डा लगायतका विषयमा छलफल गर्न पाच दलीय गठबन्धको बैठक बस्न लागेको छ । गठबन्धमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसंगै गठबन्धनका दलहरु सत्ता सञ्चालन, मन्त्रालय भागबन्डा लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
तर समय तय भइसकेको छैन । देउवाको नेतृत्वमा सरकार गठन भएसंगै उहा“ले आफ्नो दल नेपाली कांग्रेस र माओवादीबाट दुई÷ दुई जनालाई सहभागी भएका छन् । अब अन्य मन्त्रालयहरुका बारेमा टुंगो लगाउन गठबन्धनमा छलफल हुनेछ । तर, एमालेको नेपालपक्ष र जनता समाजवादी पार्टी(जसपा) सरकारमा सहभागी हुनेबारे टुंगो लागिनसकेकाले गठबन्धनलाई तत्काल मन्त्रालय टुंगो लगाउन भने सजिलो छैन । हिजो प्रधानमन्त्री देउवाले नेता नेपालको निवास पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
सरकार सञ्चालनका लागि नेकपा माओवादी केन्द्रले उच्चस्तरीय संयन्त्र गठनको माग गरेको छ । गठबन्धनको बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ । गठबन्धनको छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी हुने नहुनेबारे टुंगो लाग्न बा“की छ ।








प्रतिक्रिया दिनुहोस्