ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको फैसला : नेताहरुले के भने ?


एबीसी / संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेताहरु तथा कानुनविद्हरुले विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन्। उनीहरुले सर्वोच्चको फैसला ऐतिहासिक भएको उल्लेख गर्दै सर्वोच्चले केपी ओलीको प्रतिगमनकारी कदमलाई रोक लगाएको र संविधानको रक्षा गरेको रुपमा लिएको जनाएका छन्।

प्रस्तुत छ फैसलाका बारेका नेताहरुद्वारा व्यक्त प्रतिक्रिया

पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डले सर्वोच्चको फैसला नेपाल र नेपालीको जीत र इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको टिप्पणी गरेका छन्। अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको उल्लेख गर्दै उनले भने, ‘संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो। त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु।’ पटक–पटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको बताउँदै उनले सर्वोच्चको फैसलालाई नेपाली जनताको जीतको रुपमा लिनुपर्ने बताए।

बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी हर्कतमाथि सर्वोच्च अदालतले रोक लगाएको प्रतिक्रिया दिएका छन्। ‘खड्कप्रसाद एण्ड कम्पनीको असंवैधानिकरप्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक बधाइरधन्यवाद,’ सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले भनेका छन्। उनले संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थिर सरकार बनाएर प्रतिगमनलाई दण्डित गर्न आग्रह गरेका छन्।

शेरबहादुर देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाबाट लोकतन्त्र र विधिको शासनको रक्षा भएको प्रतिक्रिया दिएका छन्। सर्वोच्च अदालतले डर त्रासमा नभई संविधानको रक्षा गर्दै फैसला सुनाएको उनले बताएका छन्। ‘अदालत डराएको छैन, तर्सिएको छैन। अदालतले विधिको शासन र लोकतन्त्रलाई बचाएको छ,’ उनले भने।

उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले ऐतिहासिक र सकारात्मक काम गरेको टिप्पणी गरेका छन्। सर्वोच्चको फैसलाले नयाँ नजिर स्थापित गरेको र पुनस् प्रतिगमन परास्त भएको उनको भनाइ छ। ‘सर्वोच्चले गरेको फैसलाले ऐतिहासिक काम गरेको छ। देश, संविधान तथा लोकतन्त्र बचाउने र मुलुकलाई निकास दिने जुन कार्य गरेको छ, यो वास्तवमा ऐतिहासिक निर्णय हो,’ उनले भनेका छन्।

अमेरिकाको टेक्सासमा कार दुर्घटनामा घाइते १९ बर्षकी नेहा भुसाल आईसीयुमा, गोफण्डमीमा सहयोग संकलनअमेरिकाको टेक्सासमा कार दुर्घटनामा घाइते १९ बर्षकी नेहा भुसाल आईसीयुमा, गोफण्डमीमा सहयोग संकलन
अमेरिकन एयरलाइन्सको उडेको विमानमा ढोका खोल्न खोज्ने महिलालाई टेप लगाएर सिटमा चप्काइयोअमेरिकन एयरलाइन्सको उडेको विमानमा ढोका खोल्न खोज्ने महिलालाई टेप लगाएर सिटमा चप्काइयो
रुपा सुनारको रिटमा सर्वोच्चको टिप्पणी–छुवाछुतको भेदभाव क्रुर र अमानवीयरुपा सुनारको रिटमा सर्वोच्चको टिप्पणी–छुवाछुतको भेदभाव क्रुर र अमानवीय
विमलेन्द्र निधि
कांग्रेस उपसभापति विमलेन्द्र निधिले सर्वोच्चको फैसलाले संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक र दूरदर्शी फैसला गरेको बताएका छन्। निधिले फैसलाले जनतामा सर्वोच्च अदालतप्रतिको विश्वास र सम्मानमा वृद्धि भएको बताए।

दिनेश त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली दुवैको हातखुट्टा सर्वोच्च अदालतले बाँधिदिएको टिप्पणी गरेका छन्। ‘फैसलाले केपी ओली र विद्यादेवी भण्डारीलाई खेल्ने ठाउँ दिएको छैन, दुवैका हातखुट्टा अदालतले बाँधेको छ, राष्ट्रपतिको गैरसंवैधानिक क्रियाकलापको अन्त्य गरेको छ,’ उनले भने, ‘आज संविधानवादको विजय भएको छ, आज सबै नेपालीले जितेको दिन हो, सबै नेपालीको सार्वभौमसत्ता स्थापित भएको दिन हो।’ उनले फैसलाबाट ओली र भण्डारीले संविधान तथा अदालतको शक्ति के हो भनेर बुझेको पनि उल्लेख गरे।

नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गरेका छन्। उनले प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टी, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाइ ज्ञापन गरेका छन्।

रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान रक्षा गर्ने अभियान सफल भएको बताएका छन्। उनले भनेका छन्, ‘संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ। यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई ,

सभामुख अग्निप्रसाद सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिए। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै प्रतिक्रिया दिँदै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद् पुनर्स्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका हुन ।

उनले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अङ्गलाई पनि दिशानिर्देश गरेको सभामुख सापकोटाले उल्लेख गरे । सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उनले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com