ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोट : नेपाल र जोर्डन भिड्दै


एबीसी / संवाददाता

काठमाडौं, २४ जेठ ।  सन् २०२२ मा हुने फिफा विश्वकप तथा एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज जोर्डनको सामना गर्दै छ । नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुने उक्त खेल कुवेतको जाबेर अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने दाउमा हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली रहेपनि मैदानमा जित निकाल्ने लक्ष्य आफूहरूको रहेको बताए ।

‘धेरैले जोर्डनविरुद्ध कुनै पनि मौका नभएको बताएका छन् तर हरेक खेल ०–० बाट सुरु हुन्छ’, उनले भने, ‘नतिजा मैदानमा गरिएको प्रदर्शनमा निर्भर हुन्छ । हाम्रो लक्ष्य भनेको सुरुआतबाटै जिततर्फ हुनेछ ।’

यसअघि बिहीबार राति चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकालेको नेपाल सोही मनोबलका साथ मैदान उत्रिनेछ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित छ ।

छनोट चरणको प्रतिस्पर्धाका लागि कुवेत प्रस्थान गर्नुअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ६–२ ले पराजित नेपाल स्तब्ध भएको थियो । समूह ‘बी’ मा दोस्रो स्थानमा रहेको नेपालले ६ खेलबाट ६ अङ्क जोडेको छ ।

जोर्डन भने १० अङ्कका साथ तेस्रो स्थानमा छ । उसले नेपालभन्दा एक खेल कम खेलेको छ । शीर्ष स्थानमा अपराजित रहेको अस्ट्रेलिया छ भने दोस्रो स्थानमा कुवेत छ । अस्ट्रेलियासँग १५ अङ्क भने कुवेतसँग १० अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com