काठमाडौं, ३० बैशाख । जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा भेला गर्नुभएको छ । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा लगेको एक स्रोतले बतायो । रिसोर्टमा पुगेका एक सांसदले भन्नुभयो, अहिले हामी एक रिसोर्टमा छौं । हामी पक्षकालाई यहाँ ल्याइएको छ । १७ सांसदमध्ये १३ जना रिसोर्टमा छौं । सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन् । कुन रिसोर्टमा भन्न मिल्दैन । यहाँ राजेन्द्र महतो पनि हुनुहुन्छ । सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ, ती सांसदले भन्नुभयो ।








प्रतिक्रिया दिनुहोस्