ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालमा अमेरिकी राजदूतलाई आग्रह : पैशा होइन कोरोना खोप सहयोग गर्नुपर्‍यो


एबीसी / संवाददाता
बैशाख १९, २०७८ आईतबार  ७ : ३४ बजे

काठमाडौं, १९ बैशाख। नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शनिबार मध्यान्ह अमेरिकाले नेपाललाई कोरोना महामारीविरुद्ध लड्नका लागि ८५ लाख बराबरको अमेरिकी डलर सहयोग गर्न लागेको भन्दै सामाजिक सञ्जालमा जानकारी गराउनु भएको छ । उहाँले एक ट्वीट गर्दै अमेरिका नेपालको लामो समयदेखिको मित्र भएको र कोरोनाविरुद्धको लडाईंमा आफूहरुको ऐक्यवद्धता रहेको उल्लेख गर्नुभएको छ । नेपाललाई सहयोग गर्ने राजदूतको सो घोषणाको ट्वीटरमा प्रशंसा भइरहेको छ । तर ट्वीटर प्रयोगकर्ता नेपालीले राजदूतलाई नगद भन्दा पनि कोराना खोप सहयोग गर्न आग्रह गरेका छन् । राजदूतको ट्वीटरमा मेन्सन र रिप्लाई गर्दै धेरैले अमेरिकासँग एष्ट्राजेनिकाको ६ करोड खोप भण्डारण रहेको भन्दै केही नेपाललाई उपलब्ध गराउन आग्रह गरिरहेका छन् ।

अमेरिकाले केही दिन पहिले आफूसँग भएको ६ करोड खोप विभिन्न मुलुकलाई वांड्ने घोषणा गरेको थियो । यस विषयमा भारतले अमेरिकासँग कुराकानी गरिरहेको छ भने नेपालले पनि पहल सुरु गरेको जानकारी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गर्नुभएको छ। राजदूतलाई केही प्रयोगकर्ताले सो खोप नेपालमा समेत ल्याउन पहल गर्न आग्रह गरेका छन् । राजदूतको ट्वीट रिप्लाई गदै विश्व पराजुलीले भनेका छन,‘आभारी छौं र औधी प्रशंसनीय छ । आशा छ यो सहयोगमा जीवन बचाउने कोभिड भ्याक्सिन पनि छ ।’ पराजुली जस्तै धेरैले खोप नै सहयोग गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com