ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य


एबीसी / संवाददाता

काठमाडौं, १९ बैशाख ।  आइतवार (आज) बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य भएको छ ।मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि यसबारे छलफल गर्न विशेष अधिवेशन बोलाइएको थियो । अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशनको औचित्य नभएको भन्दै बैठक नै नबसी विशेष अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद् सचिवालयले सूचना टाँसेर अन्त्य भएको जनाएको हो । आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर बैठकअघि नै पोखरेलले राजीनामा दिनुभएको थियो । पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनीमा फेरि पोखरेलकै नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । बहुमतीय सरकार एकरदुई दिनभित्र बन्नेछ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com