काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा जम्मा भएर पनि शीर्ष ६ नेताहरू बैठक नबसी उठेका छन् । यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए। त्यसबारे निर्णय गर्न बसेको शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको हो। सत्ता समीकरणमा कित्ता क्लियर गर्न सकस परेको बेला बैठक बसेर छलफल गर्न समेत नसक्ने अवस्थामा जसपा पुगेको छ ।सत्ता समीकरणबारे छलफल गर्न तत्काल कार्यकारिणी समितिको बैठक राख्ने विषयमा सहमति जुटाउन नसकेका कारण उनीहरू सामान्य छलफल गरेर छुट्टिएका छन । छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्