ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल नेदरल्यान्ड्ससँग पराजित


एबीसी / संवाददाता

काठमाडौ, ७ वैशाख ।   घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । नेदरल्यान्ड्सको जितका लागि बास डी लिड र बेन कुपर नायक बने । बास डी लिडले ४२ बलमा सात चौका र पाँच छक्कासहित ८१ रनका साथ अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । त्यस्तै बेन कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३५ बलमा १० चौका प्रहार गरे ।

नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले ३१ रनको योगदान दिए । उनले १५ बलमा एक चौका र तीन छक्का प्रहार गरे । त्यस्तै म्याक्स ओ डाउडले नौ रन जोड्दै आउट भए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै २०६ रन जोडेको थियो । नेपालका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुवैले ७८ रनको साझेदारी गरे । ओपनर कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतमा ६२ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रले ६० रनको योगदान दिए । उनले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे ।

त्यसैगरी सोमपाल कामीले २१ रन जोेड्दा कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ तथा विनोद भण्डारीले ७ रन जोडे । नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किङ्गमाले समान दुई÷दुई विकेट लिए । त्यस्तै बास दे लीड, आर्यन दत्तले एक/एक विकेट लिए । जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा ब्यहोरेको हारको बदलासमेत लिएको छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com