ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गबन्धुको जन्मशतवार्षिकीमा राष्ट्रपतिको भ्रमणले बढाएको गरिमा


एबीसी / संवाददाता

काठमाडौँ, ११ चैत ।  बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बङ्गलादेश स्वतन्त्र भएको स्वर्णोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ । गत वर्षदेखि शुरु भएको शतवार्षिकी समारोहमा यस साता दक्षिण एशियाली विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख हरेक दिनजसो समारोहमा भाग लिन जानुभएको छ । नेपालका राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको दिनमा अन्य मुलुकका विशिष्ट अतिथि बोलाइएको थिएन । राष्ट्रपति भण्डारीको भ्रमणको पहिलो दिनको अधिकांश समय द्विपक्षीय भेटघाट, समारोह र रात्रिभोजसहितका कार्यक्रममा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिनालगात विशिष्ट व्यक्तिले नेपाललाई नै समय दिएको पाइयो । यसले नेपाललाई बङ्गलादेशले दिएको उच्च सम्मान र सद्भावका रुपमा लिन सकिन्छ ।

मित्रराष्ट्र जनवादी गणतन्त्रका राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भएको सो भ्रमणले दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ आयामका साथ अघि बढाउने आधार पनि तय गरेको छ । दुवै मुलुक एकै पटक अल्पविकसितबाट विकासशीलमा स्तरोन्नति हुन लागेको सुखद् पूर्वसन्ध्यामा एकार्काले आर्थिक समृद्धिका अनुभव लिई शुभकामना दिने अवसर पनि भ्रमणले दिएको छ ।
विश्व इतिहासमा बङ्गलादेशी स्वतन्त्रता युद्ध ९बाङ्लादेशेर स्वाधीनता जुद्धो० को आफ्नै पहिचान छ । बङ्गलादेशी राष्ट्रवादी तथा स्वदृढताको क्रान्ति १९७१ मार्च २६ मा शुरु भएर १९७१ डिसेम्बर १६ मा अन्त्य भएको थियो । सो युद्धले बङ्गलादेशलाई स्वतन्त्र मुलुक तुल्याएको थियो । १९७१ मार्च २५ को रात पश्चिमी पाकिस्तानले पूर्वीपाकिस्तानमा रहेका मानिसलाई आक्रमण गरेपछि शुरु भएको सो युद्धमा बङ्लादेशका नागरिक, विद्यार्थी, धार्मिक अल्पसङ्ख्यक र सशस्त्र कर्मचारी संलग्न थिए । सन् १९७१ डिसेम्बर १६ मा पश्चिमी पाकिस्तानले आत्मसमर्पण गरेपछि ‘पूर्वी पाकिस्तान’ भनिने ठाउँलाई ‘बङ्गलादेश’ भन्न र देशको मान्यता दिन थालियो । आन्दोलनका अग्रणी नेता बङ्गबन्धुको योगदानलाई बङ्गलादेशले उच्च सम्मान दिँदै आएको छ । उहाँको जन्मशतवार्षिकी र मुलुक स्वतन्त्र भएको ५० वर्ष पुगेका अवसरमा त्यहाँको सरकारले वर्षभरि समारोह गरी विश्वमा आफ्नो इतिहासको गौरवगाथालाई उजिल्याउने प्रयत्न गरेको पाइएको छ ।

बङ्गलादेशका वर्तमान प्रधानमन्त्री एवं राष्ट्रपिता बङ्गबन्धुकी छोरी शेख हसिनाको नेतृत्वको सरकारले जन्मशतवार्षिकीलाई विशेष तुल्याउन छिमेकी र मित्रराष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई आमन्त्रण गर्ने र ऐतिहासिक समारोहलाई विशिष्ट बनाउन उच्च व्यवस्थापन र संयोजन गरेको देखियो । राजधानी ढाकाका मुख्य चोक र सडकमा आफ्ना राष्ट्रपिताका ठुल्ठुला तस्वीर, उहाँका भिडियो सन्देश हेर्न मिल्ने प्रविधि जडानका साथै जन्मशतवार्षिकीमा आउने विदेशी राष्ट्राध्यक्ष र आफ्ना राष्ट्रपतिका तस्वीरसँगै सम्बन्धित देशका राष्ट्रिय झण्डा फहराएर भ्रमणलाई उत्सवमय बनाइएको थियो ।
राष्ट्रपति भण्डारीलाई स्वागत गर्न बङ्गलादेशका राष्ट्रपति हमिद हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा आफैँ आउनुभएको थियो ।

जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्मशतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुभएको थियो । उक्त सम्बोधनमा राष्ट्रपति भण्डारीले बङ्गबन्धुले स्वतन्त्रता आन्दोलनमा दिएको त्याग, समर्पण र योगदानको उच्च प्रशंसा गर्नुभएको थियो । उहाँ एशियाकै एक ‘लिजेन्ड्री’ नेता रहेको राष्ट्रपतिको भनाइ थियो । राष्ट्रपति भण्डारीले विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्ने सक्ने भएकाले दुवै देशले यसअघि नै ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेकाले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पर्यटन, शिक्षा, संस्कृति एवं जनस्तरको सम्बन्ध अभिवृद्धि गरी आपसी सहकार्य र सहयोगलाई विस्तार गर्न आह्वान गर्नुभएको थियो ।

बङ्गलादेशका राष्ट्रपति हमिदले आफ्नो मुलुक स्वतन्त्रताको आन्दोलनमा रहँदा नेपालबाट हतियारसमेत उपलब्ध भएको स्मरण र आभारसहित बङ्गलादेशलाई स्वतन्त्र मुलुकमा मान्यता दिनेमा पनि नेपाल अग्रणी रहेको जनाउनुभयो । समारोहमा राष्ट्रपति भण्डारी र उहाँका समकक्षी हमिदले नेपाली तथा बङ्गाली कलाकारले गरेको बेजोड प्रस्तुति सँगै रहेर अवलोहन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले बङ्गबन्धुका स्मृतिमा उहाँकै घरलाई सङ्ग्रहालयमा रुपान्तरण गरिएको स्थानमा पुगेर उहाँप्रति श्रद्धाञ्जलिसहित अवलोकन गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण फलदायी र उपलब्धिमूलक रहेको बताइसक्नुभएको छ । दुई देशका राष्ट्रपतिबीचको उच्चस्तरीय वार्तापछि आयोजित समारोहमा भएका चार समझदारीपत्रमा हस्ताक्षरले आपसी सम्बन्धलाई थप विस्तार गर्दै आर्थिक साझेदारीमा अभिवृद्धि गर्ने ठानिएको छ । नेपालले सो भ्रमणलाई बङ्गलादेशसँगको आफ्नो व्यापार घाटा कम गराउने अवसरका रुपमा पनि लिन सक्नेछ ।

भ्रमण दलमा सहभागी राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायत नेपाली दूतावासका समेत गरी ५४ जना सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com